मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

विद्यार्थीहरुले गुणस्तरीय शिक्षा पाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

Ujyalosandeshonline 11768+ समाचार ( )
२६ मंगशिर २०८१, बुधवार

तेह्रथुम । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा उपलब्ध हुनुपर्ने जोड दिएका छन् । आफूले आधारभूत शिक्षा लिएको तेह्रथुमको आठराईस्थित प्रणाली माध्यमिक विद्यालयका नयाँ भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा उक्त विद्यालयको गत वर्षको नतिजा कमजोर भएको सुन्दा खिन्नता व्यक्त गर्दै विद्यार्थी पास भएनन् भने अभिभावकको लगानी र विद्यार्थीको मेहनत खेर जाने बताएका हुन् ।

‘एसइईमा विद्यार्थी पास भएनन् भने उनीहरुको भविष्य समाप्त हुन्छ । एसइईभन्दा माथि जान नसक्दा उनीहरुमा निराशा उत्पन्न हुन्छ । विद्यार्थी फेल हुनु एक प्रकारको अपराध हो ।’, प्रधानमन्त्री ओलीले भने, ‘शिक्षकहरुमा ज्ञान सम्प्रेषणको कला विकास हुनुपर्छ । विद्यार्थीहरुले मेहनत गर्नुपर्छ । पढाइमा सफल हुने विद्यार्थीले विकास र समृद्धिमा योगदान दिन सक्नेछन् । म सबै विद्यार्थी भाइबहिनीहरु र शिक्षकलाई यस गम्भीरता बुझेर मेहनत गर्न आग्रह गर्दछु ।’

कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले बाल्यकालमा पढेका र खेलेका दिनहरुको पनि स्मरण गरेका थिए । प्रधानमन्त्री ओलीले विद्यालय भवन निर्माणमा सहयोग गर्ने दक्षिण कोरियाली संस्था युङ होङ गिल फाउण्डेसन र यसमा सघाउने सम्बन्धित पक्षलाई धन्यवादसमेत दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार