मुख्य समाचार
भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै |
मुख्य समाचार
भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै |


पाल्पामा विपद् व्यवस्थापनको पूर्वतयारी सुरु

Ujyalosandeshonline 11003+ समाचार ( )
२२ चैत्र २०८२, आइतबार

तानसेन (पाल्पा) । प्राकृतिक विपद् कति बेला, कहाँ र कसरी आउन भन्ने कसैलाई थाहा हुँदैन । यो आकस्मिक आउने भए पनि थोरै सावधानी र पूर्वतयारी गरिँदा ठूलो जनधनको क्षति हुनबाट जोगाउन सकिन्छ । तर पर्याप्त सावधानी नअपनाउँदा अकालमा जीवन जाने गरेको छ भने करोडौँको भौतिक क्षति हुने गरेको छ । नेपालमा बाढीपहिरो, आगलागी, हुरीबतास, महामारी, शीतलहरलगायत विपद् प्रत्येक वर्ष आउँछन् र ठूलो परिमाणको मानवीय, भौतिक एवं अन्य क्षति पुर्याएर जान्छन् । अहिले गर्मीयाम सुरु भइसकेको छ । चैत र वैशाखमा वन क्षेत्रमा डढेलो लाग्दा वन, वन्यजन्तु, तिनका बासस्थान र जैविक विविधतालाई असर गर्दछ । यस्ता विपद्बाट बच्न पर्याप्त सावधानी अपनाउने र पूर्वतयारी गर्ने उत्तम विकल्पका रूपमा रहेका विज्ञहरू बताउँछन् । 

बर्सेनि हुने यस्ता विपत्तिबाट पाठ सिक्दै पाल्पामा यसको पूर्व तयारी थालिएको छ । मनसुनजन्य विपद्बाट हुने धनजनको क्षतिलाई न्यूनीकरण गर्न, राहत तथा उद्धारका कार्यक्रमलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न यहाँका सरोकार भएका निकायले पूर्व तयारीका साथ ऐक्यबद्धता जाहेर गरेका छन् । प्रमुख जिल्ला अधिकारी बिनु बज्राचार्य कुँवरको अध्यक्षतामा शनिबार बसेको जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकले विपद्को पूर्वतयारी, राहत, प्रतिकार्य र समन्वयबारे विभिन्न महत्वपूर्ण निर्णयहरू गर्दै ऐक्यबद्धता जनाएका हुन् । 

डढेलो, बाढीपहिरो, डुबान, सडक अवरोधजस्ता सम्भावित घटनाका लागि दमकल, एम्बुलेन्स, स्काभेटर, डोजरलगायत साधनको मर्मत गरी तयारी अवस्थामा राख्न सम्बन्धित कार्यालयलाई निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी कुँवरले बताउनुभयो । सरकारी तथा गैरसरकारी सङ्घसंस्था, राजनीतिक दल, पत्रकारलगायत सबैसँग समन्वय गरी सचेतनामूलक कार्यक्रम सञ्चालन, पूर्वतयारी तथा प्रतिकार्यमा जुट्न अनुरोध गरिएको उहाँको भनाइ छ ।

बैठकले जिल्लामा विपद् व्यवस्थापनका लागि पूर्वतयारी गर्ने, चैत, वैशाख र जेठ बढी डढेलोको जोखिम हुने महिना भएकाले जिल्लामा डढेलो तथा आगलागी हुने सम्भाव्य क्षेत्रको नक्साङ्कन गर्ने, सचेतनामूलक कार्यक्रमलाई अभियानका रूपमा अगाडि बढाउने, आगलागी भएको सूचना प्राप्त हुनासाथ सुरक्षाकर्मी, स्थानीय वन उपभोक्ता समूह, डिभिजन वन कार्यालयको टोली तत्काल परिचालन गर्ने निर्णय गरिएको प्रजिअ कुँवरले जानकारी दिनुभयो । 

त्यसैगरी, आगलागी नियन्त्रण गर्न दमकल नभएका स्थानीय तहले आगामी दुई महिनाका लागि चारपाङ्ग्रे सवारीसाधन (पहाडी कच्ची बाटोमा समेत गुड्न सक्ने खालका) भाडामा लिने, पानी ट्याङ्कर वा हिल ट्याङ्कीमा पानी सङ्कलन गरी राख्ने, चार-पाँच जना वन हेरालु ‘फायर फाइटर’ टोली परिचालन गर्ने, डिभिजन वन कार्यालयले स्थानीय तहहरूसँग समन्वय गर्ने, सामुदयिक वन उपभोक्ता समूहलाई डढेलो नियन्त्रणसम्बन्धी तालिम दिई जिम्मेवार बनाउने, अग्नि नियन्त्रण औजारहरू वितरणको व्यवस्था मिलाउने, आगलागी÷डढेलो नियन्त्रण गर्न सामुदायिक वन उपभोक्ता समूहलाई सक्रिय बनाई परिचालन गर्ने, वन उपभोक्ता समूहहरूले सामुदायिक वनमा रहेको झारपात हटाउने, अग्नि रेखा बनाउने, वनमा ढली सडेका रुख हटाउने वा हिलट्याङ्कीमा पानी सङ्कलन गरी तयारी अवस्थामा राख्नेलगायत निर्णय बैठकले गरेको सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार हेलचक्रयाई वा लापरवाही गरी आगलागी वा डढेलो लगाउने व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउन सूचना संयन्त्रलाई बलियो बनाई सूचना सम्प्रेषण गर्ने र गैरकानुनी रूपमा डढेलो लगाउने व्यक्तिलाई कानुनी कारबाही गर्ने, निजी आवास पुनर्निर्माणका लागि नियमानुसार निकासा हुनुपर्ने रकम उपलब्ध गराउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र आन्तरिक मामिला तथा कानुन मन्त्रालय लुम्बिनी प्रदेशमा अनुरोध गर्ने, आगामी आव २०८३/८४ का लागि स्थानीय तहको बजेटमा विपद् व्यवस्थापनका लागि पर्याप्त बजेट विनियोजन गर्ने साथै स्थानीय तहले एक्लै वा दुई वा दुईभन्दा बढी स्थानीय तहको लागत साझेदारीमा बारुणयन्त्र खरिद गरी सो सञ्चालनको मोडालिटी निर्माण गर्ने पनि निर्णय भएको छ ।

बैठकमा जिल्ला समन्वय समितिका प्रमुख टङ्कनाथ खनाल, नेपाली कांग्रेस पाल्पाका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी तानसेन नगरका सभापति जीवन पाण्डेय, नेकपा एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्ती, नेकपाका जिल्ला संयोजक अशोककुमार शाही, राप्रपाका जिल्ला अध्यक्ष डुलबहादुर कुँवर, रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापालगायतले आ-आफ्नो ठाउँबाट विपद् जोखिम र डढेलो नियन्त्रणमा भूमिका खेल्ने बताएका छन् ।

बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले निजी आवास÷प्रबलीकरण, पुनर्निर्माण तथा पुनःस्थापना र डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत खिलबहादुर तामाङले कार्यालयले डढेलोको जोखिम न्यूनीकरणका लागि गरेको पूर्वतयारी र जिल्लामा डढेलोको अवस्थाका बारेमा प्रस्तुतिकरण राख्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै