मुख्य समाचार
पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन |

जनकपुरधामका विद्यालयहरु तीन दिन बन्द, माछा मासु र मदिरा बेच्न पनि प्रतिबन्ध

Ujyalosandeshonline 12537+ समाचार ( )
८ मंगशिर २०८२, सोमबार

जनकपुर । सप्ताहव्यापरी रुपमा मनाईने मिथिलाको ऐतिहासिक विवाहपञ्चमी महोत्सवलाई मध्येनजर गर्दै जनकपुरधामका विद्यालयहरु तीन दिन बन्द हुने भएको छ । महोत्सवको अवसरमा आयोजित मेला भव्य बनाउन आजदेखि तीन दिनका सम्मका लागि बन्द हुने भएको छ । 

संस्थागत विद्यालयहरु आवद्ध प्याब्सन, एन–प्याब्सन र हिसान जनकपुरधामले संयुक्त रुपमा सूचना जारी गर्दै विद्यालयहरु बन्द गर्ने निर्णय गरेको जनाएको छ । सूचनामा विवाह महोत्सवको भीड व्यवस्थापन तथा श्रद्धालु भक्तजनको सुविधालाई दृष्टिगत गर्दै यस्तो निर्णय गरिएको उल्लेख छ ।

साथै आज देखि तीन दिनसम्म जनकपुरधामभरि माछा–मासु र मदिरा बिक्री वितरण प्रतिबन्ध लगाइएको छ । आइतबार राति १२ बजेदेखि १० गते राति १२ बजे सम्मका लागि जिल्ला प्रशासन कार्यालय धनुषाले माछा मासु र मदिरा बिक्री वितरणमा रोक लगाएको छ । कसैले आदेश विपरीत माछा मासु र मदिरा बिक्री वितरण गरेको पाइएमा कानुन बमोजिम सजाय हुने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार