मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

कञ्चनमा चाडपर्व लक्षित सुरक्षा अन्तरक्रिया सम्पन्न: चोरी, डकैती नियन्त्रणमा जोड

जगीलाल थापा 30+ समाचार ( )
९ अशोज २०८२, बिहीबार

कञ्चन । रुपन्देहीको कञ्चनमा नजिकिँदै गरेका चाडपर्वहरूमा हुन सक्ने चोरी, डकैती, लुटपाट, हुलहुज्जत, र यसबाट उत्पन्न हुने सामाजिक समस्याहरू नियन्त्रण गर्न सरोकारवालाहरूबीच एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा राजनैतिक दल, आमा समूह, क्लव, जनप्रतिनिधि र प्रहरी प्रशासनका प्रतिनिधिहरूको सहभागिता थियो।

ईलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरीक्षक अनिस खडकाले चाडपर्वको बेला व्यक्तिगत तथा सामूहिक सतर्कता अपनाएर चोरी तथा आपराधिक गतिविधि नियन्त्रण गर्न सकिने बताउनुभयो। उहाँले घर बाहिर निस्कँदा वा घरमै बस्दा पनि घरको सुरक्षा, गरगहना र धनसम्पत्तिको सुरक्षामा ध्यान दिन आग्रह गर्नुभयो। गाउँघरमा अपरिचित वा शंकास्पद व्यक्तिहरूको चहलपहल बढेमा तत्काल प्रहरीलाई खबर गर्न पनि उहाँले अनुरोध गर्नुभयो।प्रहरी निरीक्षक खडकाले मादक पदार्थ तथा लागु औषध सेवन गरी हो-हल्ला गर्ने व्यक्ति वा समूहलाई नियन्त्रण गर्न प्रहरीलाई जानकारी दिनुपर्ने र महिला दिदीबहिनीहरूलाई अमूल्य गरगहना लगाएर बाहिर नहिँड्न सुझाव दिनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा हरिनारायण थारु, टेकबहादुर गुरुङ, चित्रलाल तुलाचन, लेखनाथ पौडेल, केजी कुमार पौडेल, लिलाराम खनाल, चुडामणी पौडेल, उमा गौतम, शिवकला खनाल, ध्रुवराज सुनार, प्रजापति सापकोटा, विनोद कुमार पुन, दुर्गा बहादुर थापा, मनिराम सापकोटा, देवीराम रेग्मी, शान्ता क्षेत्रीलगायतका सहभागीहरूले कञ्चनमा व्याप्त लागु औषध दुर्व्यसनी नियन्त्रण, चोरी, हुलहुज्जत, गैरकानुनी क्रियाकलाप, मादक पदार्थ सेवनबाट हुने होहल्ला जस्ता आपराधिक क्रियाकलाप नियन्त्रणका लागि विगतमा जस्तै अझ प्रभावकारी रूपमा प्रहरी प्रशासनबाट नियमित सुरक्षा गस्तीलाई निरन्तरता दिन सुझाव दिए।

सहभागीहरूले प्रतिभा खोजीको नाममा विद्यार्थी तथा बालबालिकाहरूलाई टिकट लगाउने, विभिन्न स्थानीय तहको लेटर प्याडमा रोगी तथा पीडितको बहानामा गाउँगाउँमा आर्थिक सहयोग उठाउने, मापदण्डविपरीत सञ्चालन भएका सुधार गृह र ती सुधार गृहबाट भइरहेका अवैध क्रियाकलापहरूको अनुगमन गरी नियमन गर्नुपर्ने सुझाव राखे। दशैँको बेला विभिन्न स्थानहरूमा दुर्गा पूजाको नाममा भइरहेको ध्वनि प्रदूषणको समेत नियमन गर्न सुरक्षा प्रशासन समक्ष आग्रह गरिएको छ।

कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले चाडपर्व लक्षित अवैध तथा आपराधिक क्रियाकलाप, हो-हल्ला र चोरीचाकरी बढ्ने भएकाले समुदायका हरेक पक्ष चनाखो र सतर्क भई सामाजिक तथा मानवीय क्षति हुनबाट जोगाउनतर्फ लाग्न सरोकारवालाहरूलाई आग्रह गर्नुभयो। उपाध्यक्ष मौसमी थापा मगरले विभिन्न होटल तथा रेस्टुरेन्ट र भट्टी पसलहरूमा मादक पदार्थ सेवन गरी राति अवेलासम्म हो-हल्ला गर्ने र पछि तिनै व्यक्तिहरू घरमा चोरी गर्ने भएकाले सम्बन्धित व्यवसायीहरूलाई पनि व्यवसाय सञ्चालनको सीमा निर्धारण गर्नुपर्ने बताउनुभयो।

प्रमुख प्रशासकीय अधिकृत माधवराज पोख्रेलले कञ्चन गाउँपालिकामा चाडपर्वमा मात्र नभई हरेक समय शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रशासनको एकल प्रयासले मात्र सम्भव नहुने उल्लेख गर्दै गाउँमा शान्ति सुरक्षा कायम राख्न स्थानीय सबै पक्षको नियमित सतर्कता र निगरानी आवश्यक रहेको बताउनुभयो। कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रशासन प्रमुख गिरीराज अर्यालले अन्तरक्रिया कार्यक्रमको सहजीकरण गर्नुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार