मुख्य समाचार
बाढीप्रभावित क्षेत्रमा उद्धार र खोजी तीव्र, सात हजार नौ सय प्रहरी परिचालन | उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम ! | नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन | सिमकोटमा विद्युत् आपूर्ति बन्द | कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु | माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाबाट एक चिनियाँ नागरिकको जीवितै उद्धार | दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद | आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै | अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै | खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो |

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

Ujyalosandeshonline 12231+ समाचार ( )
२० भाद्र २०८३, शनिबार

काठमाडौँ । किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ ले पुनः एकपटक ऐतिहासिक सफलता हात पार्न सफल भएका छन् । जापानको नागोया सहरको करिया हलमा आज साँझ सम्पन्न ‘हिट किक बक्सिङ– ५९ अन्तरराष्ट्रिय  खेलकुद  किक बक्सिङ महासङ्घ, विश्व च्याम्पियनसिपको मेन इभेन्ट प्रतियोगितामा ‘हिमालयन चितुवा’ ले फ्रान्सका प्रतिस्पर्धी बक्सर माथन चोइनार्डलाई नक आउटमा पराजित गर्दै नयाँ इतिहास कायम गर्न सफल हुनुभएको छ । प्रतिस्पर्धी बक्सर चोइनार्ड सन् २०२५ का विश्व च्याम्पियन खेलाडी हुन् । 

दोस्रो राउण्डको दोस्रो मिनेटमा बक्सर घिमिरले कडा मुक्का प्रहार गर्दै प्रतिस्पर्धी चोइनार्डलाई नकआउटमा पराजित गर्न सफल हुनुभयो । हालसम्म २९ अन्तरराष्ट्रिय प्रतियोगितामा भाग लिएका उहाँ २१ खेलमा विजय हासिल गर्दा २० मा नकआउट गर्दै जित्ने एक मात्र नेपाली  खेलाडी हुनुहुन्छ । नेपालको गौरव, नेपालको साहस र नेपाली  शानलाई किक बक्सिङ खेलमार्फत देशको पहिचान अन्तरराष्ट्रिय जगतमा पुर्याउने बक्सर घिमिरे  नेपालको चम्किला तारा बनेका छन् । विजय प्राप्त गरेपछि बक्सर घिमिरेले हालै रसुवाको भोटेकोशी बाढीबाट उत्पन्न जनधनको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै  पीडितलाई सहयोग गर्ने जानकारी दिनुभयो । साथै हालसम्म आइ आफ्नो खेललाई साथ र सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार