मुख्य समाचार
भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति | त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव | कर्णाली प्रदेशका पूर्व कानूनमन्त्री शाहीको निधन | बयानब्बे जनामा डेङ्गु सङ्क्रमण |

अर्घाखाँचीमा शान्ति सुरक्षाका लागि नागरिक, व्यवसायी र सरोकारवालाको हातेमालो अनिवार्य: डिएसपी जिसी

Ujyalosandeshonline 12336+ समाचार ( )
१२ अशोज २०८२, आइतबार

अर्घाखाँची । अर्घाखाँची जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) दिवसबहादुर जिसीले जिल्लामा शान्ति सुरक्षा कायम गर्न नागरिक, व्यवसायी तथा सरोकारवालाहरूको हातेमालो अपरिहार्य रहेको बताएका छन्। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले आयोजना गरेको विशेष अन्तरक्रिया कार्यक्रममा बैंक तथा वित्तीय संस्थाका प्रमुख, यातायात व्यवसायी, अगुवा नागरिकलगायत विभिन्न क्षेत्रका प्रतिनिधिसँग छलफल गर्दै डिएसपी जिसीले प्रहरी जनताको सेवामा समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले अर्घाखाँचीका जनताले उठाएका जायज माग तथा विषयलाई सम्बोधन गर्न प्रहरी तत्पर रहेको बताए। उनले देखिने चोरी, डकैती, तस्करी, गैरकानुनी काम तथा आपराधिक गतिविधिलाई नियन्त्रणमा लिन प्रहरीले कडा कदम चाल्ने र कानुन हातमा लिएर समाजलाई आतंकित बनाउन खोज्नेलाई कानुनी कठघरामा उभ्याइने दृढता व्यक्त गरे ।

डिएसपी जिसीले नेपाल प्रहरीले आफ्नो कार्यशैलीलाई सुदृढ र प्रभावकारी बनाउन निरन्तर प्रयास गरिरहेको जानकारी दिए। उनले कानुन र जनताको पक्षमा अहोरात्र खटिने, नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्ने र समाजलाई सुरक्षित बनाउन विशेष अभियान अघि बढाइएको उल्लेख गरे। "समाजका सबै क्षेत्र र व्यवसायीहरूको सहयोग बिना सुरक्षाको लक्ष्य हासिल गर्न कठिन हुन्छ। त्यसैले यसलाई साझा जिम्मेवारीका रूपमा लिनुपर्छ र प्रहरीसँग सहकार्य गर्नुपर्छ," उनले भने ।

जनचेतनाको कमीका कारण समाजमा अहिंसा, आपराधिक क्रियाकलाप तथा कानुनले निषेध गरेका गतिविधि हुने गरेको उल्लेख गर्दै उनले सचेत नागरिकको सक्रियता आवश्यक रहेको धारणा राखे। चाडपर्व नजिकिँदै गर्दा सुरक्षामा चुनौती बढ्ने भएकाले त्यसअनुरूप विशेष सुरक्षा योजना तयार पारिएको र यातायात तथा सडक सुरक्षामा विशेष ध्यान दिइएको उनले बताए। "प्रहरी जनताको सेवामा समर्पित भएर काम गर्ने प्रतिबद्धता राख्छौ । अर्घाखाँचीका जनताले उठाएका जायज माग तथा विषयलाई सम्बोधन गर्न प्रहरी तत्पर छ," उनले भने।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार