मुख्य समाचार
प्रहरी निरीक्षक दिपक कुँवर 'महिनाको उत्कृष्ट प्रहरी' घोषित | बुटवलमा एक हजार १५७ परिवारलाई लालपुर्जा वितरण गरिँदै | प्रहरीको तल्लो तहका कर्मचारीको गुनासो सुन्न केन्द्रीय डेस्कको शुभारम्भ | गोरुसिङ्गे–चन्द्रौटा सडक खण्ड विस्तारको ठेक्का सम्झौता सम्पन्न | कात्तिकमा पाल्पा प्रहरीको विवरण: १५ मुद्दा दर्ता, सवारी दुर्घटनामा एकको मृत्यु | हुम्लाको विकास सपना साकार हुँदै : ३९ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता | प्रधानमन्त्री शाह र नवनियुक्त भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट | प्रहरी युक्ति तालिम महाविद्यालयमा कारागार सुरक्षासम्बन्धी प्रशिक्षण सम्पन्न | पाँच अर्ब ८८ करोड हिनामिना प्रकरण : बराह सहकारीका मुख्य योजनाकार सीआईबीको फन्दामा | रुपन्देहीमा २१ लाख बढीको अवैध सामान र बोलेरो गाडी बरामद |

तीन दशकदेखि पत्रकारितामा समर्पित अरुण ज्ञवालीको स्मृतिमा आज श्रद्धाञ्जली तथा दीप प्रज्वलन

Ujyalosandeshonline 12696+ समाचार ( )
१२ असार २०८३, शुक्रबार

भैरहवा । लुम्बिनी प्रेस क्लबका तालिम समिति संयोजक स्वर्गीय पत्रकार अरुण ज्ञवालीको १३औँ दिनको पुण्यतिथिको अवसरमा आज शुक्रबार बेलुका ७ बजे भैरहवाको बुद्धचोकमा श्रद्धाञ्जली तथा सामूहिक दीप प्रज्वलन कार्यक्रम आयोजना गरिने भएको छ। लुम्बिनी प्रेस क्लबको आयोजनामा हुने कार्यक्रममा पत्रकार, शुभेच्छुक तथा सर्वसाधारणलाई उपस्थित भई स्वर्गीय ज्ञवालीप्रति श्रद्धाञ्जली अर्पण गर्न क्लबका सदस्य कमल रायमाझीले अनुरोध गर्नुभएको छ। उहाँले पत्रकारिताप्रति समर्पित व्यक्तित्वको योगदानलाई सम्मान गर्दै आयोजना गरिएको कार्यक्रममा सबैको सहभागिताले उहाँप्रतिको सच्चा सम्मान प्रकट हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रम संयोजक एलिना आचार्यले स्वर्गीय ज्ञवाली यस क्षेत्रका अनुभवी, निष्ठावान् र सिर्जनशील पत्रकार भएको बताउनुभयो। उहाँले करिब तीन दशकदेखि निरन्तर पत्रकारितामा सक्रिय रहँदै दैनिक निणर्य भैरहवाबाट आफ्नो पत्रकारिता यात्रा सुरु गर्नुभएको थियो। त्यसपछि उहाँले लुम्बिनी दैनिक, अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकमा झण्डै दुई दशकसम्म सेवा दिनुका साथै रुपन्देही एफएम, सिद्धार्थ एफएम, लुम्बिनी खबर लगायत एक दर्जनभन्दा बढी सञ्चार माध्यममा काम गर्दै पत्रकारितामा उल्लेखनीय योगदान पुर्‍याउनुभएको उहाँले बताउनुभयो।

लुम्बिनी प्रेस क्लबका महासचिव प्रकाश न्यौपानेले स्वर्गीय ज्ञवालीलाई अब्बल लेखक, दक्ष पत्रकार तथा पत्रकारिताको मर्यादा र व्यावसायिक मूल्यप्रति प्रतिबद्ध व्यक्तित्वका रूपमा स्मरण गर्नुभयो। उहाँले पत्रकारिता क्षेत्र र लुम्बिनी प्रेस क्लबको संस्थागत विकासमा उहाँले पुर्‍याएको योगदान सधैँ स्मरणीय रहने बताउँदै कार्यक्रममा सहभागी भई श्रद्धाञ्जली अर्पण गर्न सम्पूर्ण सञ्चारकर्मी, शुभेच्छुक तथा नागरिकलाई आग्रह गर्नुभयो। उहाँका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ। आजको कार्यक्रममा उहाँको तस्वीरमा पुष्पाञ्जली अर्पण गर्नुका साथै सामूहिक दीप प्रज्वलन गरी पुण्य आत्माको चिरशान्तिको कामना गरिने लुम्बिनी प्रेस क्लबले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार