मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

कोशी प्रदेशमा ट्रान्सफर्मर चोरी गर्नेको लहर, दुई करोडको नोक्सानी

Ujyalosandeshonline 11005+ समाचार ( )
२१ श्रावण २०८२, मङ्गलबार

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयले कोशी प्रदेशमा विद्युतीय ट्रान्सफर्मर चोरीमा संलग्नहरुका बारेमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । पछिल्लो समय मोरङ, झापा र सुनसरीका दर्जनौं गाउँ–टोलमा टान्सफर्मर चोरीका घटना दोहोरिइरहेको अवस्थामा प्रहरीले विशेष अभियान नै संचालनमा ल्याएर चोरलाई पक्रन सफल भएको जनाएको हो ।

कोशी प्रदेशमा पछिल्ला केही महिनामा मात्रै २२ वटा ट्रान्सफर्मर चोरी भएका प्रहरीको तथ्यांकमा छ । जसको प्रत्यक्ष असर कृषक, व्यापारी र स्थानीय सेवा प्रणालीमा परेको छ । सुख्खा खेतमा पानी लगाउनका लागि किसान जाँदा लाइन नै नहुने साथमा ट्रान्सर्फमर नै गाएब हुने भएपछि प्रहरीले अप्रेशन सुरु गरेको हो । 

२०७९ देखि सुरु भएको ट्रान्सफर्मर चोरी सञ्जाल हालसम्म आइपुग्दा, सुनसरीमा १२, मोरङमा ८ र झापामा २ स्थानमा ट्रान्सफर्मर चोरिएका कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत चोरीका कार्यमा संलग्न रहेका १२ जनाको गिरोह पक्राउ गरेको जनाएको छ ।

०८२ साउन ९ गते राति, मोरङको रंगेली नगरपालिका–९ स्थित खानेपानी आयोजनाको पोल छेउमा संकास्पद रूपमा घुमिरहेका तीन जनालाई देखेपछि प्रहरीले खटाएको टोली दौडियो । तीमध्ये मोरङको ग्रामथान गाउँपालिकका एक अर्जुन कुमार थारु पक्राउ परे । त्यसपछि अनुसन्धानले गति लिएपछि हालसम्म १२ जना पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा उनीसहित ग्रामथान मोरङका इरज धामी, लबिपुर दुहबीका अनुज विश्वास ९चौधरी०, बेलबारी मोरङका अर्जुन चौधरी, भारत घर भई हाल मलाटी दुहबीका आलम मिया ९विहारी०, बेलबारी मोरङका रञ्जित तामाङ, दुहबी सुनसरीका प्रयाग कुमार खाँ चौधरी, विराटनगरका लक्ष्य प्रधान, कृष्ण गोपाल ताम्राकार, दुहबीका योगेश अग्रवाल, कपिल भट्ट र इटहरीका सिताराम राई रहेका छन् ।

तिनका कोठा र पसलहरूबाट ३६८.५ केजी तामाको तार, १२ वटा मोबाइल, २२ वटा डायल रेन्च, पिकअप र मोटरसाइकलसहितका सवारी साधनहरू बरामद गरिएको प्रहरीको भनाई रहेको छ । जुन तारहरू कवाडी पसलहरू र मनकामना मेटल्स, दुर्गा भाडा पसल, क्क् मेटल, दिलीप कबाडी लगायतका स्थानबाट बरामद भएका कोशी प्रदेश प्रहरी प्रमुख इश्वर कार्कीले जानकारी दिएका छन् ।

पक्राउ परेकाहरूको साथबाट चोरीमा प्रयोग गरिएका औजारहरू—डायल रेन्च, पेचकस, पिलास, छिनो, ह्याक्सो, साङली, ग्राइन्डरलगायत उपकरणहरू बरामद गरिएका छन्। त्यस्तै ६ वटा मोटरसाइकल, १ वटा पिक अप गाडी, १२ थान मोबाइल फोन र ३६८.५ केजी तामाको तार समेत बरामद गरिएको छ।

यस समूहको योजनाबद्ध चोरीबाट राज्यलाई करिब दुई करोड रुपैयाँ बराबरको नोक्सानी भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । हाल पक्राउ परेकाहरूलाई अदालतमार्फत कानुनी प्रक्रिया अगाडि बढाइएको छ भने, अन्य सम्भावित संलग्नहरूको खोजी जारी रहेको प्रहरीको भनाइ रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार