मुख्य समाचार
संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए | गौर भन्सार नाकाबाट २ लाख ५४ हजार नगदसहित दुई जना पक्राउ | कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह | स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति |

सभापति दिपक बहादुर सिंहले गरे आँखा अस्पताललाई १० लाख सहयोग

Ujyalosandeshonline 12342+ समाचार ( )
२२ श्रावण २०८१, मङ्गलबार

मकवानपुर । पूर्वाधार विकास समिति सभापति तथा प्रतिनिधि सभा सदस्य दिपक बहादुर सिंहले हेटौंडा सामुदायिक आँखा अस्पताललाई झण्डै १० लाख रुपैँया रकम हस्तान्तरण गरेका छन् । मंगलबार तिलगंगा आखा अस्पतालका संचालक र योजनाकार नेत्र विशेषज्ञ डाक्टर सन्दुक रुईत मार्फत विशेष कार्यक्रमका विच उनले ९ लाख ९९ हजार ९ सय ९९ रुपैँया हस्तान्तरण गरेका हुन् ।

आफुले नेपाल सरकारबाट प्राप्त गरेको एक वर्ष अवधिभरको ६ लाख १२ हजार तलबमा ३ लाख ८७ हजार रुपैँया थप गरी उनले सो रकम हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरणपछि पुर्वाधार विकास समिति सभापति तथा प्रतिनिधि सभा सदस्य सिंहले आफुलाई जनताले गरेको विश्वास र योगदानलाई सम्झिएर गरिब, दुःखी जनताको हितका लागि सहयोग गरेको बताए ।

उनले भने, ‘म जनताको कारणले माथि पुगेको हुँ । मैले जनतालाई साक्षी राखेर बोलेको कुरा पुर्याउन खोज्दैछु’साथै आँखा अस्पतालको सहयोगमा आफु सधैं तत्पर रहने उनले बताएका छन् ।

मकवानपुरको हेटौंडामा अवस्थित हेटौंडा सामुदायिक आँखा अस्पतालमा मकवानपुर सहित बारा,पर्सा, रौतहट र भारतबाट समेत विरामीहरु आँखाको जाँच गराउन आउने गरेका छन् । अस्पतालले निःशुल्क शिविर सञ्चालन गर्नुका साथै विरामीहरुलाई सहि र सुलभ ढङ्गले आँखाको रोगसम्बन्धी उपचार दिँदै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार