मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

रामेछाप : वडाका सबै सेवा प्रदायक कार्यालयहरु डिजिटल निगरानीमा

Ujyalosandeshonline 12461+ समाचार ( )
२ श्रावण २०८१, बुधवार

रामेछाप । मन्थली नगरपालिका–२ का सबै सेवा प्रदायक कार्यालय वडा कार्यालयको डिजिटल निगरानीमा जोडिएका छन् । सो वडा भित्रका सरकारी कार्यालय तथा विद्यालयका गतिविधि अब वडा कार्यालयको मनिटर रुमबाट निगरानी गर्न सकिने भएको छ । ती सबै कार्यालयमा सीसी क्यामरा जडान गरी एउटै नेटवर्क भित्र ल्याइएको वडाध्यक्ष सुरेन्द्र कार्कीले जानकारी दिए । 

वडा कार्यालयले सो वडाका सबै कार्यालमा क्यामरा जडान गरेको कार्कीले बताए । ३ लाख रुपैँयामा कार्यालयसहित वडा भित्रको निलकण्ठेश्वर मावि कठजोर सहित चारवटा विद्यालय, कठजोर स्वास्थ्य चौकी, पशु सवा कार्यालय, नवनिर्मित कृष्णलाल पार्क लगायतका स्थानमा क्यामरा जडान गरिउको उनले जानकारी दिए । 

सबै कार्यालयका गतिविधि थाहा पाउन तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन यसले सहयोग पुग्ने कार्कीले विश्वास व्यक्त गरे । सुरक्षाको हिसाबले पनि यसले सहयोग पुग्ने उनको धारणा छ ।  

त्यस्तै सामुदायिक अध्ययन केन्द्र र सहरी स्वास्थ्य केन्द्र टेकानपुर समेत (सिसी) क्यामेराको पूर्ण निगरानीमा रहेको वडा अध्यक्ष कार्कीको भनाई छ । प्रविधिको प्रयोग गर्दै वडाका आम नागरिकहरूलाई सुरक्षित राख्न लागि अब वडा कार्यालयबाटै निगरानी राखिने उनको भनाई छ । 

साथै सबै कार्यालयमा हुने गतिविधिहरूलाई समेत वडाबाटै विशेष निगरानी गर्न सहज भएको छ । विद्यालय तहमा शिक्षक र विद्यार्थीहरूको अब निगरानीको लागि त्यहाँ सम्म धाउन नपर्ने र कमी कमजोरी पनि सजिलै प्रमाण सहित पत्ता लगाउन सहज भएपछि शिक्षकहरू पनि सजग हुने विश्वास लिएको छ । 

वडा भित्रका नागरिकहरुको आवश्यकतालाई केन्द्रमा राखेर काम गर्दै आएका युवा वडा अध्यक्ष कार्कीले वडाभित्रका मठ, मन्दिरको संरक्षण, खानेपानीको सहज पहुँचको काम गर्दै आएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार