मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

राजनीतिक परिवर्तनमा मुस्लिम समुदायले खेलेको भूमिका अविस्मरणीय : सभामुख

Ujyalosandeshonline 12548+ समाचार ( )
४ असार २०८१, सोमबार

दाङ । लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले राजनीतिक परिवर्तनको लागी भएका विभिन्न चरणका क्रान्ति, संघर्ष, आन्दोलन र महान् जनयुद्धमा मुस्लिम समुदायले खेलेको भूमिका अविस्मरणीय रहेको जनाउनु भएको छ ।

इस्लाम धर्मावलम्बीहरुको महान पर्व बकराईद (उल–अजाह) कुर्वानी पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहांले यस्तो जनाउनु भएको हो ।

“राजनीतिक परिवर्तन, विभिन्न चरणका क्रान्ति, संघर्ष, आन्दोलन र महान् जनयुद्धमा मुस्लिम समुदायले खेलेको भूमिका अविस्मरणीय रहेको छ । सबै समुदायको भाषा, संस्कृति, लिपि, चाडपर्वको ऐतिहासिक तथा सांस्कृतिक पक्षको संवद्र्धन र प्रर्वद्धनमा समेत ध्यान दिन जरुरी रहेको छ । यो पर्वले मुस्लिम समुदायको भाषा, धर्म र संस्कृति संरक्षण र प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास सहित बकराईद (उल–अजाह) पर्वको अवसरमा  शुभकामना व्यक्त गर्दछु ।” सभामुख घर्ती मगरले जारी गर्नु भएको शुभकामना सन्देशमा उल्लेख छ ।

 नेपाल बहुभाषीक, बहुधार्मिक र बहुसाँस्कृतीक विविधताले भरिपूर्ण मुलुक भएको र विविधतामा एकता हाम्रो पहिचान भएको उल्लेख गर्नुहुदै हाम्रा धार्मिक, साँस्कृतीक पर्वहरुले सबै समुदाय बीच एक आपसमा सदभाव भातृत्वको विकास गरी एकतावद्ध बनाउन महत्वपुर्ण भूमिका खेलेको सन्देशमा जनाउनु भएको छ ।

विगतमा राज्यद्धारा विभेदमा पारिएका उत्पीडित समुदायको उत्थान र हक अधिकार स्थापित गर्ने सन्दर्भमा लुम्बिनी प्रदेश सभा प्रतिवद्ध भई महत्वपूर्ण नीति र कानुन निर्माण गदै आएको र आवश्यकताको आधारमा यस प्रकारको नीति र ऐन कानुन निर्माण गर्ने प्रतिवद्धता समेत उहांले व्यक्त गर्नुभयो ।

सभाुमख घर्ती मगरले महान् जनयुद्ध तथा जनआन्दोलन क्रान्ति र संघर्षबाट मुलुकमा गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक, समावेशीता, जस्ता महत्वपुर्ण राजनीतिक उपलब्धी प्राप्त भएको यसलाई संस्थागत विकास गर्दै समाजवादमा पुग्ने लक्ष्यमा दृढताका साथ लाग्नु आजको आवश्यकता रहेको शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार