मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

माल्दिभ्सको संसदभित्रै झडप

Ujyalosandeshonline 12320+ समाचार ( )
१५ माघ २०८०, सोमबार

काठमाडौं । माल्दिभ्समा सत्ता पक्ष र विपक्षी दलका सांसदबीच झडप भएको छ । प्रधानमन्त्री मोहम्मद मुइज्जु नेतृत्वको गठबन्धन सरकारले ३ मन्त्री र एक महान्यायाधिवक्ता नियुक्तिको लागि गरेको प्रस्तावमा प्रमुख प्रतिपक्षी दल मालदिभियन डेमोक्रेटिक पार्टी (एमडीपी)ले विरोध जनाएपछि झडप भएको हो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार प्रमुख विपक्षी दल ‘माल्दिभ्स डेमोक्रेटिक पार्टी’(एमडीपी)ले मन्त्रिपरिषद्मा मतदान गर्नुअघि मुइज्जुको सरकारले गरेको सिफारीस चार सदस्यको संसदीय अनुमोदन रोक्नु पर्ने माग गरेको थियो ।’

एमडीपीको मागमा सरकार पक्षधर सांसदहरुले विरोध गर्न थालेपछि संसदभित्रै पक्ष र प्रतिपक्षका सांसदहरु हात हालाहालको स्तरमा उत्रिदा बैठक नै अवरुद्ध भएको थियो ।

दुई पक्षबीचमा भएको झडपको क्रममा कान्दथिमुका सांसद अब्दुल्ला साहीम, अब्दुल हकीम साहीम र केन्डिकुलहुदुका सांसद अहमद इसाबीच हातहालाहालको अवस्था आएको थियो ।

झडपका क्रममा दुवै सांसद चेम्बर नजिकै खसेकाले शहीमको टाउकोमा पनि चोट लागेको जनाइएको छ । अल्पसंख्यक नेता मुसा सिराजले विवाद रोक्न खोजेका थिए ।  

गठबन्धन सरकारले आवास, भूमि तथा शहरी विकास मन्त्री डा. अली हैदर, इस्लामिक मामिला मन्त्री मोहमद शहीम अली सईद, आर्थिक तथा व्यापार विकास मन्त्री मोहम्मद सईद र महान्यायाधिवक्ता अहमद उशमलाई नियुक्त गर्न चाहेको थियो ।

त्यसपछि मन्त्रिपरिषदका सदस्यको नियुक्ति प्रस्ताव पास गर्ने विषयमा भोटिङ हुन पाएन । प्रधानमन्त्री मुइज्जु नेतृत्वको गठबन्धन सरकारलाई चिन निकट रहेको बताइन्छ भने,उता प्रमुख प्रतिपक्षी विपक्षी दल एमडीपी भारतको निकटस्थ मानिन्छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार