मुख्य समाचार
दुबईस्थित नेपालको महावाणिज्यदूतावास -छलफल | धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने | नारायणी नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक बेपत्ता | चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना | गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ | पर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइने | सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छः प्रधानमन्त्री | सरकार–लघुवित्त पीडितबीच पाँच बुँदे सहमति | बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह | वृद्धआश्रममा खाद्यान्न र फलफूल वितरण गरी राष्ट्रिय वैश्य महासंघको स्थापना दिवस मनाइयो |

मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्षको बजेट पारित

Ujyalosandeshonline 11870+ समाचार ( )
३१ असार २०८२, मङ्गलबार

मधेस । मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । मधेश प्रदेश सभाको बैठकबाट आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतिले पारित भएको हो । मधेश प्रदेश सरकारको अर्थमन्त्री सुनिल कुमार यादवले असार १ गते प्रदेशसभामा ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजारको बजेट प्रस्तुत गरेका थिए । बजेट प्रस्तुत भएदेखि प्रमुख प्रतिपक्षले बजेटमा बिचोलीया हावी भएको भन्दै बजेट पुनर लेखन गर्नु पर्ने माग सहित प्रदेश सभा बैठक अवरुद्ध गर्दै आएका थिए ।

आजको बैठकमा पनि जनता समाजवादी पार्टी (जसपा) नेपाल सहित प्रमुख प्रतिपक्ष मा रहेका ६ दलका सांसदले अर्थमन्त्रीको राजिनामा माग गर्दै बैठक बहिष्कार गरेका थिए । जनता समाजवादी पार्टी नेपाल का सांसद एवपूर्व मुख्यमन्त्री सरोज कुमार यादवले सरकारले प्रदेश सभा मा प्रस्तुत गरेको रेडबुक, सांसद लाई वितरण गरेको रेडबुक र सूचना प्रणालीमा लक भएको रेडबुकमा फरक देखिएको भन्दै आर्थिक अपराधको संज्ञा दिएका थिए । 

सरकारले ४६१ पृष्ठको रेडबुक संसद्मा प्रस्तुत गरी सांसदलाई वितरण गरेकोमा सूचना प्रणालीमा ७५५ पृष्ठको रेडबुक देखिएपछि उनले अर्थमन्त्री सुनिल कुमार यादवको राजिनामा माग गर्दै बैठकबाट बाहिर निस्किएका थिए  ।

प्रमुख प्रतिपक्ष बैठक बाट बाहिरिए पनि अर्थमन्त्री यादवले विनियोजन विधेयक, २०८२ पारित गरियोस् भन्ने प्रस्ताव प्रदेश सभाको बैठकमा पेश गरे पछि ध्वनिमतको आधारमा सर्व सम्मतिले पारित भएको सभामुख रामचन्द्र मण्डलले घोषणा गरेका थिए । मधेस प्रदेश सभामा १० दल रहेकोमा जनमत पार्टीको नेतृत्वमा रहेको मधेश प्रदेश सरकारमा नेकपा एमाले, नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी सम्मिलित रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार