मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

पर्यटन प्रर्वदनका लागि कञ्चनमा २ दिने चित्रकला कार्यशाला

जगीलाल थापा 30+ समाचार ( )
३१ जेठ २०८२, शुक्रबार

कञ्चन । पछिल्लो समय रुपन्देहीको कञ्चनमा रहेको दानापुर तालको अवलोकन भ्रमण सहित डुङ्गा सयरका लागि आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या बढिरहेको छ। तालमा फुलेको कमलको फुलका कारण चार्चमा रहेको उक्त तालमा दैनिक एक हजार भन्दा भन्दा बढी पर्यटकहरुको आउने गरेका छन। समयमाई सामुदायिक बन उपभोक्ता समूहको बन क्षेत्र भित्र रहेको उक्त तालको अवलोकन गर्न आएका पर्यटकहरुको प्रवेश शुल्क र डुङ्गा सयरबाट दैनिक ५० हजार रुपैया भन्दा बढी समूहको आम्दानी भइरहेको समूहका एक पदाधिकारीले बताएका छन।

यसै सन्दर्भमा रुपन्देहीको कञ्चनमा ऐतिहासिक धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको प्रबर्द्धन गरी कञ्चनको पर्यटन प्रबर्द्धनका लागि २ दिने चित्रकला कार्यशालाको आयोजना गरिएको छ। कञ्चन गाउँपालिकाको आयोजना तथा नेपाल व्यवसायिक कलाकार संघ र नेपाल ललितकला प्रज्ञाप्रतिस्ठानको सहजिकरणमा कञ्चनको पर्यटकिय स्थल दानापुर तालमा उक्त कार्यशाला सञ्चालन गरिएको हो।

कार्यशालाको शुभारम्भ गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले कञ्चनलाई कञ्चनको हरेक क्षेत्रबाट पर्यटकीय आकर्षणको केन्द्र बनाउने प्रयास स्वरुप चित्रकला कार्यशालाको आयोजना गरिएको बताउनु भयो। कञ्चन यसैपनि धार्मिक तथा सांस्कृतिक रुपमा ऐतिहासिकता बोकेको स्थानीय तह भएको उल्लेख गर्दै कञ्चनमा रहेको जल, जंगल र जमिनसंग जोडिएका ऐतिहासिक धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको संरक्षणमा नयाँ पुस्ताहरुलाई समेत आकर्षित गर्न ती सम्पदाहरुको प्रबर्द्धन गर्नु स्थानीय तहको समेत जिम्मेवारी भएको समेत अध्यक्ष ढकालले बताउनु भयो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत माधवराज पाख्रेलले कञ्चनलाई कलाको माध्यमबाट पनि चिनाउन सकिने सम्भावनालाई जिवित राख्न कार्यशाला सञ्चालन गरिएको बताउनु भयो। कञ्चनको महत्वपुर्ण र एकमात्र पर्यटकीय क्षेत्र दानापुर तालको पर्यटनमा समेत टेवा पुर्याउन र यहाँका अन्य पर्यटकीय क्षेत्रहरुको प्रयटकीय स्थलहरुको समेत प्रबर्द्धन गर्ने उद्धेश्यका साथ सञ्चालन गरिएको कार्यशाला उद्धेश्यपरक बन्ने विश्वास पोख्रेल गर्नुभएको छ।

कार्यशलामा रुपन्देही, कपिलबस्तु, नवलपरासी, गुल्मी, पाल्पा, पोखरा, काठमाण्डौ लगायतका २० जना कलाकारहरुले कञ्चनको विभिन्न धार्मिक तथा सांस्कृतिक सम्पदा र पर्यटकीय स्थलहरुको चिनारी दिनेगरी क्यानभासमा चित्र कोर्ने कालकार एच.बी. रम्तेलले जानकारी दिनु भएको छ।

पर्यटकीय स्थल दानापुर ताल परिसरमा सञ्चालन गरिएको कार्यशालामा एच.बी. रम्तेल, बेनप्रसाद थापा, राजकुमार लिगल, दिलिप रसाइली, राम अवतार, चन्द्र बहादुर खड्का (राजु), डोल बहादुर आले, सुमित्रा राना सुतपराई, जेव बहादुर सार्की (अजय), प्रितम आले, मन गोल्डी, नर बहादुर बि.क., बिष्णु प्रसाद बि.क., गंगाधर आचार्य, खेम घिमिरे, गोविन्द चौधरी, घनश्याम थापा, हरि बयम्बु, बाल कलाकार सनिहा चौधरी सहभागीता जनाएका छन।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार