मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

कर्णालीमा बेटी सम्मेलन, मुख्यमन्त्री शर्माले भने– सिंहदरबारले दिने सेवा गाउँमै आएको छ

Ujyalosandeshonline 11768+ समाचार ( )
२८ माघ २०८०, आइतबार

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले व्यवस्था बद्लिएसँगै सिंहदरबारको पर्खालभित्र हुने काम गाउँमा पुगेको बताएका छन् । मूलधार महिला सेवा केन्द्र (मासबेस उदयपुर) द्वारा वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘छैटौं ऐतिहासिक राष्ट्रिय बेटी सम्मेलन’लाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले केन्द्रले राष्ट्रियस्तरको बेटी सम्मेलन कर्णालीमा गर्नुले महिला आन्दोलनमा सहयोग पुगेको बताए । 

‘हिजोको आन्दोलनमा महिलाहरुको भूमिका धेरै रहेको थियो,’ उनले भने, ‘अब आम जनतामा जागरण पैदा गर्न आवश्यक छ, जहाँ महिलाहरुले पनि विभिन्न आन्दोलनको नेतृत्व गरिरहेका छन् ।’ 

दश वर्षे सशस्त्र संघर्ष र विसं.२०६१÷०६२ को जनआन्दोलनपछि मुलुकमा ठूलो परिवर्तन आएको बताउँदै मुख्यमन्त्री शर्माले उत्पीडित जाति, वर्ग र धर्मका मान्छेहरुले मुक्ति नपाउँदासम्म आन्दोलन जारी रहने यसका लागि आफूले पनि सक्दो सहयोग गर्ने बताए । 

संघर्ष, त्याग र बलिदानभित्र संघर्ष लुकेको जनाउँदै आर्थिक, सामाजिक, साँस्कृतिक परिवेश अनुसार परिवर्तन खोज्नुपर्ने र त्यसका लागि उत्पीडितहरु एक हुुनुपर्ने उनको भनाइ थियो । केन्द्रका अध्यक्ष नजबुल खानले नेपालका विभिन्न प्रदेश गरी पाँचौ र अहिले कर्णालीमा छैटौं बेटी सम्मेलन गरिएको बताए । बेटीहरुको सामाजिक, साँस्कृतिक अवस्थाबारे राज्यलाई सहजै बुझाउन र उनीहरुको अधिकार सुनिश्चत गराउन सम्मेलन थालिएको बताए । 

उपप्रध्यापक डा.लक्ष्मी जोशीले राष्ट्रियस्तरको बेटी सम्मेलनले अहिलेसम्म जकडिएको पितृसतात्मक सोचलाई चिर्नु आवश्यक रहेको टिप्पणी गरिन् । बेटीहरुमा आएका समस्याहरुको दीर्घकालीन सम्बोधन गर्न कार्यक्रम अभियानका रुपमा अगाडि बढाउन उनको सुझाव छ । सम्मेलनमा कर्णाली प्रदेशका दशै जिल्लाबाट प्रतिनिधिमूलक सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार