मुख्य समाचार
हेलमेटमा लुकाएर ल्याएको रु सात लाख र ब्ल्याङ्क चेकसहित एक भारतीय पक्राउ | विद्यार्थीलाई प्रशासकीय अधिकृतको सुझाव : ‘सफलताका लागि निरन्तर प्रयास र कडा मेहनत आवश्यक’ | आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल | कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु | भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद | संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री | नवलपरासीमा ८० लाखभन्दा बढीका मोबाइलका सामान बरामद | नेपालबाट फर्सीको बीउ तस्करी, दुई भारतीय पक्राउ | संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएकोः लुम्बिनीका मुख्यमन्त्री आचार्य | संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड |

हत्या भएको अवस्थामा महिलाको शव फेला

Ujyalosandeshonline 12348+ समाचार ( )
८ माघ २०८०, सोमबार

विराटनगर । झापाको अर्जुनधारामा एकजना महिलाको हत्या भएको छ । अर्जुनधारा नगरपालिका–६ महानन्द चोकभन्दा केही पश्चिममा हत्या भएको अवस्थामा ५० वर्षीीय माया मगरको शव सोमबार फेला परेको प्रहरीले जनाएको छ ।

उनको टाउकोमा ढुंगा प्रहार गरिएको अनुमान प्रहरीको छ । टाउकोमा गम्भीर चोट रहेको प्रहरीले जनाएको छ । महिलाको शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीमा खबर गरेका थिए । प्रहरी टोली पुगेर प्रारम्भिक अनुसन्धान गरेपछि उनको हत्या भएको अनुमान गरिएको हो ।

घटनाको अनुसन्धानका लागि कोशी प्रदेश प्रहरी कार्यालयको टोली विशेष तालिमप्राप्त कुकुर प्रयोग गरी खटिएको छ । उनको हत्या किन र कसले गरेको हो भन्ने खुलिसकेको छैन । प्रहरीले घटनासँग सम्बन्धित स्थान र आसपासका बासिन्दाहरुसँग सोधपुछ गरी अनुसन्धान अघि बढाएको छ । प्रहरीका अनुसार इलमको माई नगरपालिका–१ माइती घर भएकी उनी झापाको बिर्तामोडमा बस्दै आएकी थिइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार