मुख्य समाचार
जलीय जैविक विविधता जोगाउन रुपन्देहीका जलाशयमा २५ हजार माछाका भुरा छोडियो | प्रधानमन्त्रीको भारत भ्रमणमा सुस्ताको पीडा उठाउन स्थानीयको माग | नवलपरासीमा तस्करीको स्वरूप फेरियो : मोटरसाइकलमार्फत ओसारपसार र प्रहरीको नाममा असुलीको आरोप | लुम्बिनी सांस्कृतिक नगरपालिकामा आगो लगाई वातावरण प्रदूषित गर्ने पाँच जना नियन्त्रणमा | आठवटै एनपिएल क्लबलाई आफ्नै रङ्गशाला : प्रधानमन्त्री शाह | प्रहरी निरीक्षक दिपक कुँवर 'महिनाको उत्कृष्ट प्रहरी' घोषित | बुटवलमा एक हजार १५७ परिवारलाई लालपुर्जा वितरण गरिँदै | प्रहरीको तल्लो तहका कर्मचारीको गुनासो सुन्न केन्द्रीय डेस्कको शुभारम्भ | गोरुसिङ्गे–चन्द्रौटा सडक खण्ड विस्तारको ठेक्का सम्झौता सम्पन्न | कात्तिकमा पाल्पा प्रहरीको विवरण: १५ मुद्दा दर्ता, सवारी दुर्घटनामा एकको मृत्यु |

सीमा क्षेत्रबाट मुख्य बजारसम्म संयुक्त सुरक्षा अभ्यास सञ्चालन

Ujyalosandeshonline 12701+ समाचार ( )
१६ फाल्गुन २०८२, शनिबार

सिरहा । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सिरहा जिल्लामा नेपाल-भारत सीमा क्षेत्रबाट मुख्य बजारसम्म संयुक्त सुरक्षा अभ्यास सञ्चालन गरिएको छ । जिल्लाको समग्र शान्तिसुरक्षालाई थप सुदृढ बनाउने उद्देश्यले नेपाली सेनाअन्तर्गतको नन्दबक्स गणको नेतृत्वमा संयुक्त सुरक्षा अभ्यास सञ्चालन गरिएको हो । 

आज बिहान ७ः०० बजेदेखि १०ः०० बजेसम्म सञ्चालन गरिएको उक्त अभ्यासमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय प्रशासनको संयुक्त सहभागिता थियो । जिल्लाका चारवटै सुरक्षा क्षेत्र (क्षेत्र नं १, २, ३ र ४) अन्तर्गत रहेका मतदान केन्द्र, निर्वाचन सामग्री भण्डारणस्थल तथा अन्य संवेदनशील बिन्दुहरूलाई लक्षित गर्दै ५७ वटा संयुक्त ‘पेट्रोल’ एकैसाथ परिचालन गरिएको नन्दबक्स गणका प्रमुख तथा प्रमुख सेनानी समीर श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लाका आठ नगरपालिका र नौ गाउँपालिका गरी १७ वटै स्थानीय तहमा सुरक्षा उपस्थिति मजबुत बनाइएको उहाँले बताउनुभयो । उहाँका अनुसार संयुक्त सुरक्षा अभ्यासमा सीमावर्ती गाउँ, दशगजा क्षेत्र तथा भित्री बस्तीहरूमा पैदल गस्ती, मुख्य राजमार्ग र बजार क्षेत्रमा सवारी गस्ती तथा दुर्गम र संवेदनशील क्षेत्रमा मोटरसाइकल गस्ती सञ्चालन गरिएको थियो । सीमा क्षेत्रमा आवतजावत निगरानी कडा पारिनाका साथै सन्दिग्ध गतिविधिमाथि विशेष नजर राखिएको सुरक्षा निकायले जनाएको छ ।

नियमित गस्तीका अतिरिक्त सम्भावित सुरक्षा चुनौती, भीड नियन्त्रण, मतदान केन्द्र सुरक्षा, निर्वाचन सामग्रीको सुरक्षित ओसारपसार तथा आकस्मिक परिस्थितिमा छिटो प्रतिक्रिया दिन सक्ने क्षमताको परीक्षण गर्न विशेष प्रदर्शन अभ्याससमेत सम्पन्न गरिएको थियो । अभ्यासका क्रममा सुरक्षा निकायबीच समन्वय, सूचना आदान-प्रदान र संयुक्त कमान्ड प्रणालीको अभ्यास गरिएको बताइएको छ । संयुक्त सुरक्षा परिचालनले स्थानीय बासिन्दामा सुरक्षाको प्रत्याभूति बढाउनाका साथै सीमा क्षेत्रदेखि बजारसम्म सुरक्षा सतर्कता अझ सुदृढ भएको दाबी गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार