मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

सहकारी राम्रो हो भन्ने कुरालाई गतिविधिबाट देखाउनुपर्छ : मन्त्री सिंह

Ujyalosandeshonline 11540+ समाचार ( )
१७ फाल्गुन २०८१, शनिबार

काठमाडौं । उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्व, स्थिरता र सरकारको महत्व बुझाउनको लागि वर्तमान सरकार बनेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित जनपयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले राजनीतिक स्थिरताको लागि वर्तमान सरकार बनेको भन्दै भएका कमी कमजोरीहरुलाई पहिचान गर्दै सुधार गर्नेतर्फ सरकार अघि बढेको बताए । 

उनले भने, ‘जनताले सरकारको आयुको त ठेगान छैन्, सरकार बनेको केही महिनामा नै अर्को सरकार बन्छ, सरकारको नै सुनिश्चितता छैन भने त्यस्तो सरकारले हाम्रो लागि के काम गर्छ भनेर सोच्न थालेको हुनाले राजनीतिक स्थायित्व, स्थिरता र सरकारको महत्व बुझाउनको लागि वर्तमान सरकार बनेको हो । कमी कमजोरीहरुलाई पहिचान गर्दै सुधार गर्दै अघि बढ्नेतर्फ सरकार गई रहेको छ ।’

यसको साथै, उनले सहकारीप्रतिको नकरात्मक भावलाई चिर्दै सहकारी राम्रो हो भन्ने कुरालाई आफ्नो गतिविधिबाट देखाउनुपर्ने पनि बताए । 

उनले भने, ‘यस्तो संकटको समयमा खास गरेर नेपालको अर्थतन्त्रको तीन खम्बे अर्थनीतिमा सहकारीको ठूलो योगदान रहनुपर्ने भएको हुनाले पनि जुन तपाईहरुको सहकारी छ यसले अहिलेको अवस्थालाई चिर्दै सहकारी राम्रो हो भन्ने कुरालाई आफ्नो गतिविधिबाट देखाउनु हुन्छ भन्ने विश्वास लिएको छु ।’ जीवनयापन गर्न सहज वातावरण सिर्जना हुनुपर्छ भन्ने हरेक नेपालीको चाहना भएको भन्दै यसलाई पूरा गर्नको लागि राजनीतिक स्थिरता दिनपर्छ र त्यसका आधारमा अरु सबै कामहरु गर्न सकिन्छ भनेर लागि रहेको पनि उनको भनाई छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार