मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

रुपन्देहीको ओमसतियामा सचेतन आमा समूहद्वारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ३१ पिन्ट रगत संकलन

Ujyalosandeshonline 12547+ समाचार ( )
१५ भाद्र २०८२, आइतबार

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिका-२ पडसरीमा सचेतन आमा समूहको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाको स्थापना दिवसको अवसरमा आयोजित यस कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रुपन्देहीले प्राविधिक सहयोग गरेको थियो।

पडसरीस्थित रामजानकी मन्दिरको हलमा सम्पन्न कार्यक्रममा ३१ पिन्ट रगत संकलन भएको कार्यक्रम संयोजक एवं समूहकी उपाध्यक्ष सम्झना पाण्डेले जानकारी दिइन्। वि.सं. २०५८ सालमा स्थापित यस समूहले विगतदेखि नै सामाजिक उत्तरदायित्वका विभिन्न कार्यहरू गर्दै आइरहेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका अध्यक्ष रामचन्द्र उपाध्यायले सचेतन आमा समूहले समाजमा अत्यन्तै उदाहरणीय कार्यहरू गर्दै आएको भन्दै निरन्तर अघि बढ्न आग्रह गरे। उनले समूहले समाजसेवाका साथै मानवसेवा आश्रममा पनि सहयोग गर्नुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रमका प्रमुख अतिथि ओमसतिया गाउँपालिका वडा नं. २ का वडाध्यक्ष सितल जिटीले गाउँपालिकाले पालिकावासीलाई निःशुल्क रगत उपलब्ध गराउँदै आएको जानकारी दिए। उनले समूहलाई स्थानीय निकायसँग समन्वय गर्दै सामाजिक उत्तरदायित्वको भूमिका निर्वाह गर्न आग्रह गरे। वडाध्यक्ष जिटीले सामाजिक कार्य वा विकासका लागि आफूले आवश्यक सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । सचेतन आमा समूहकी अध्यक्ष सिता सुवेदी न्यौपानेले संस्थाले विभिन्न सामाजिक कार्यहरू गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार