मुख्य समाचार
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त |

ओमसतिया गाउँपालिकाद्वारा ‘बाल अधिकार संरक्षण कार्यविधि’ निर्माणमा सघाउने संस्था सम्मानित

Ujyalosandeshonline 12457+ समाचार ( )
९ माघ २०८२, बिहीबार

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकाले ‘बाल अधिकार संरक्षण कार्यविधि २०८२’ तयार पार्न महत्वपूर्ण भूमिका खेल्ने सहयोगी संस्थाहरूलाई सम्मान तथा अभिनन्दन गरेको छ । एफ.डब्लू.एल.डी (FWLD) को आर्थिक सहयोग र सिर्जनशील संस्था नेपालको प्राविधिक सहयोगमा उक्त कार्यविधि निर्माण सम्पन्न गरी गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । कार्यविधि प्राप्त गरेसँगै गाउँपालिकाले योगदानको कदर गर्दै एक कार्यक्रम आयोजना गरी दुवै संस्थालाई धन्यवाद ज्ञापन गरेको छ ।

गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादवको अध्यक्षतामा सम्पन्न उक्त सम्मान कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थीले कार्यविधि निर्माणमा दुवै संस्थाले पुर्‍याएको योगदानको खुलेर प्रशंसा गर्नुभयो । उहाँले सहयोगी संस्थाहरूलाई धन्यवाद दिँदै आगामी दिनहरूमा पनि बाल अधिकार लगायतका क्षेत्रमा यस्तै सहकार्य र सहयोगको अपेक्षा रहेको बताउनुभयो । त्यसैगरी कार्यक्रमका सभाध्यक्ष एवं गाउँपालिका अध्यक्ष यादवले गाउँपालिकाभित्र बाल अधिकार संरक्षणको क्षेत्रमा यो कार्यविधिले कोसेढुङ्गाको काम गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भविष्यमा पनि साझेदार संस्थाहरुसँग सँगै मिलेर काम गर्ने इच्छा व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा एफ.डब्लू.एल.डी का कार्यकारी निर्देशक सविन श्रेष्ठ र लेखा व्यवस्थापक सन्तोष पौडेलको उपस्थिति रहेको थियो । त्यस्तै, सिर्जनशील संस्था नेपालका तर्फबाट उपाध्यक्ष चित्रा रोका, कार्यक्रम तथा व्यवस्थापन निर्देशक प्रतिमा पन्थी, कार्यसमिति सदस्य सुमन चौधरी, कार्यक्रम अधिकृत सोना न्यौपानेको सहभागिता रहेको थियो । गाउँपालिकाको तर्फबाट लेखा शाखा प्रमुख कमल प्रसाद शर्मा लगायत विभिन्न शाखाका प्रमुखहरू, कार्यपालिका सदस्य र वडा अध्यक्षहरूको समेत कार्यक्रममा उपस्थिति थियो ।

अमृता पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सञ्चालन निर्मला पाण्डेले गर्नुभएको थियो । बाल अधिकार संरक्षणको क्षेत्रमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै गाउँपालिकाले एफ.डब्लू.एल.डी र सिर्जनशील संस्था नेपाललाई सम्मान तथा अभिनन्दन गरेपश्चात् सिर्जनशील संस्था नेपालकी निर्देशक प्रतिमा पन्थीले धन्यवाद मन्तव्य राख्नुभएको थियो । उहाँको मन्तव्यसँगै कार्यक्रम भव्यताका साथ सम्पन्न भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार