मुख्य समाचार
त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव | कर्णाली प्रदेशका पूर्व कानूनमन्त्री शाहीको निधन | बयानब्बे जनामा डेङ्गु सङ्क्रमण | रसुवा बाढीः १५ जनाको सनाखत, तीन हजार ७०० बढी अझै बेपत्ता | पाल्पामा प्रहरीको विशेष चेकिङ : मापसे चालकविरुद्ध सार्वजनिक हितविरुद्धको मुद्दा |

कर वृद्धिको विरोधमा सुनचाँदी व्यवसायीहरु आन्दोलनमा

Ujyalosandeshonline 12334+ समाचार ( )
१३ असार २०८१, बुधवार

काठमाडौँ । काठमाडौंको न्यूरोडका सुनचाँदी व्यवसायीले राष्ट्र बैंकले सुन भन्सारमा गरेको कर वृद्धिको विरोधमा  व्यवसाय बन्द गरेर सडक आन्दोलनमा उत्रिएका छन् ।

बुधबार उनीहरुले न्यूरोड गेटदेखि बैंकले सुन आयातमा लगाएको कोटा र भन्सारमा वृद्धि गरेको कर वृद्धिका विरुद्धमा नारा लगाउँदै प्रदर्शन गरेका गरेका हुन् ।

उनीहरुले ‘तस्करलाई प्रोत्साहन हुने भन्सार वृद्धि नीति खारेज गर’, ‘हामी व्यवसायीहरु र कालिगढहरुलाई बिस्तापित गर्न पाइदैन’, ‘१५ प्रतिशत भन्सार दरबाट २० प्रतिशत भन्सार वृद्धि दर खारेज गर’, ‘पुरानै भन्सार दर लागु गर’, लगायतका प्लेकार्डहरु बोकेका थिए ।

राष्ट्र बैंकले दैनिक १० किलोसम्म सुन आयात हुँदै आएको कोटा बढाएर दैनिक २० किलोग्रामसम्म आयात गर्न पाउने गरी व्यवस्था गरेको थियो  । तर यसमा पनि भन्सार बढेर २० प्रतशत पुगेर महँगो पर्न गएको व्यापारीहरुको गुनासो छ । विरोध गरेका हुन् ।

कार्यक्रममा सहभागी काठमाडौं सुन –चाँदी व्यवसायीसंगको अध्यक्ष रोहिना देवी शाक्यले, राज्यले नीति निर्देशिका केही पनि जारी नगरेको कारणले हामी आन्दोलनमा उत्रिएको बताईन् ।

१५ प्रतिशतमा ५ प्रतिशत थप गरेर भन्सार दर वृद्धि गर्नु उपभोक्ताको हित विपरीत भएकाले मारमा पारेको भन्दै तत्काल फिर्ता गर्न माग गरिन् ।

उनले भनिन्,‘हाम्रो राज्यले नीति निर्देशिका केही पनि जारी नगरेको कारणले हामी आन्दोलनमा आए हौं । हामीलाई राज्यले नीति निर्देशिका चाँडो जारी गरोसु हामी त्यसमा बस्न तयार छौं । र १५ प्रतिशतमा ५ प्रतिशत थप गरेर जुन भन्सार दर वृद्धि गरिएको छ । त्यो ५ प्रतिशत कम गरेर पहिला कै दरमा ल्याउनुप¥यो । यो उपभोक्ताको हित विपरीत भएकाले पनि धेरै मारमा पारेको छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार