मुख्य समाचार
आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल | कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु | भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद | संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री | नवलपरासीमा ८० लाखभन्दा बढीका मोबाइलका सामान बरामद | नेपालबाट फर्सीको बीउ तस्करी, दुई भारतीय पक्राउ | संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएकोः लुम्बिनीका मुख्यमन्त्री आचार्य | संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए |

लुम्बिनी साँस्कृतिक नगरपालिका थाल्यो उपमेयरको अगुवाईमा बजार अनुगमन

Ujyalosandeshonline 12347+ समाचार ( )
१७ कार्तिक २०८०, शुक्रबार

सुरेश परियार

लुुम्बिनी । चार्डपर्वलाई लक्षित गर्दै लुम्बिनी साँस्कृतिक नगरपालिकाले बजार अनुगमनलाई जोड दिएको छ । नगरपालिकाका उपमेयर कल्पना हरिजनको नेतृत्वमा शुक्रबार देखि अनुगमन सुरु भएको हो । खासगरि चार्डपर्वलाई मध्येनजर गर्दै मापदण्ड विपरित खरिदबिक्री हुने हुँदा सो कार्यलाई रोक्न नगरपालिकाले बजार अनुगमनलाई जोड् दिएको हो ।

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न.१०का केही पसलहरुमा पहिलो अनुगमन भएको छ ।किराना पसल,फलफुल र मिठाई पसललाई जोड दिई अनुगमन गरिएको र अनुगमनका क्रममा मुल्य सुचि नभएको,दर्ता प्रमाणपत्र भएपनि नविकरण नभएको,केही खाद्य बस्तुहरुको म्याद गुज्रिएको,दर्तामा उल्लेख गरिएको सामान भन्दा बाहिरको सामान बिक्रि वितरण भएको पाईएको उपमेयर तथा अनुगमन संयोजक कल्पना हरिजनले जानकारी दिईन् ।

उपभोक्ता र सेवाग्राहीहरुलाई मर्का नपरोस र व्यवसायहरुलाई करको दायरामा ल्याउन यो अनुगमनलाई विशेष चासो दिइएको बताईएको छ । अनुगमनका क्रममा मापदण्ड विपरित फेला परेका पेट्रोलियम पदार्थ नष्ट गरिएको छ ।वेदर्ता व्यवसायहरुलाई तुरुन्त व्यवसाय दर्ता गरि सञ्चालन गर्न सुझाव प्रदान गरिएको छ ।

अनुगमनमा आपुर्ति तथा वाणिज्य कार्यालयका लक्ष्मी शर्मा,लुम्बिनी साँस्कृतिक नगरपालिका लेखा अधिकृत रामचन्द्र अर्याल,प्रशासन शाखा प्रमुख शोभाखर पौडेल,राजश्व शाखा प्रमुख डब्लु हरिजन,कर्मचारी अमरमणी त्रिपाठी,अखलेश कुमार पाण्डेय,प्रहरी,पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै