मन्त्री ज्वालाको गाडीमा आगजनी

Ujyalosandeshonline 11146+ समाचार ( )
१३ पौष २०८०, शुक्रबार

काठमाडौं ।रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले एक जना मन्त्रीको गाडीमा आगजनी गरेका छन् ।

प्रदर्शनमा उत्रिएका युवाहरुले ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गरेको गाडीमा आगजनी गरेको ललितपुर प्रहरीले जानकारी दिएको छ ।

उनीहरुले बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् । ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।

ईपीएस परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्रीको गाडीमा आगजनि गरेका छन् । प्रहरी टोली पनि त्यहाँ पुगेको छ । थप विवरण आउन बाँकी छ’ उनले भने ।अहिले कोटेश्वर–बालकुमारी क्षेत्र तनावग्रस्त छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार