मुख्य समाचार
विपद्का बेला भावनाले मात्र काम गर्ने होइन, सीप र क्षमता चाहिन्छ : सभापति थापा | हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु | धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी | निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित | वातावरण संरक्षणका लागि मर्चवारमा ५१ वटा बिरुवा रोपण | सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् | जग्गा बकसपत्रमा घुस लिने तीन नासु र दुई लेखापढी व्यवसायी अख्तियारको नियन्त्रणमा | दुबईस्थित नेपालको महावाणिज्यदूतावास -छलफल | धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने | नारायणी नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक बेपत्ता |

झुट्ठा उद्दार प्रकरण: सिद्धि अस्पतालका सञ्चालक डा तिमिल्सिना पक्राउ

रासस 596+ समाचार ( )
२६ माघ २०८२, आइतबार

काठमाडौँ । नेपाल प्रहरीले झुट्ठा उद्दार प्रकरणमा लाजिम्पाटस्थित सिद्धि अन्तरराष्ट्रिय अस्पतालका सञ्चालक डा गिर्वाणराज तिमिल्सिनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले नेपालको हिमाली क्षेत्रमा हुने पदयात्रा र पर्वतारोहणका क्रममा विदेशी पर्यटकको नक्कली उद्धार (फेक रेस्क्यू) गरी बिमा रकम ठगी गरेको अभियोगमा आज तिमिल्सिनालाई पक्राउ गरेको हो । 

ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले माउन्टेन रेस्क्यू सर्भिस, एभरेष्ट एक्सपेरियन्स एण्ड असिस्टेन्स र नेपाल चार्टर सर्भिससँगको मिलेमतोमा अस्पतालले नक्कली कागजात तयार पारी बिमा ठगी गरेको आरोपमा निजलाई पक्राउ गरिएको जानकारी दिनुभयो । उक्त प्रकरणमा यसअघि तीन कम्पनीका छ जना पक्राउ परिसकेका छन् ।

उक्त प्रकरणले अन्तरराष्ट्रियस्तरमा नेपालको पर्यटन क्षेत्रलाई गम्भीर क्षति पु¥याएको ब्यूरोले जनाएको छ । पक्राउ परेका डा तिमिल्सिनाविरुद्ध मुलुकी अपराधसंहिता २०७४ को दफा ५१ (राष्ट्रहित प्रतिकूल काम गर्न नहुने) र अन्य किर्तेसम्बन्धी कसुरमा थप अनुसन्धान अगाडि बढाइएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै