मुख्य समाचार
संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति | त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव |

कोशी प्रदेशका दुई उपमहानगरहरुमा इटहरीले ल्यायो बजेट, धरानमा विवाद कायमै

Ujyalosandeshonline 12337+ समाचार ( )
११ असार २०८२, बुधवार

इटहरी ।  सुनसरीको इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२÷८३ का लागि २ अर्ब ५५ करोड २१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख संगीता कुमारी चौधरीले मंगलबार नगरको १६ औं नगरसभामा बजेट प्रस्तुत गरेकी हुन् । 

उपमेयर चौधरीका अनुसार स्थानीय जनताको मागलाई सम्बोधन गर्दै इटहरीको समग्र विकासका लागि यो बजेट तर्जुमा गरिएको हो । बजेटमा भौतिक पूर्वाधार विकासलाई प्रमुख प्राथमिकता दिइएको छ । नगरलाई आकर्षक बनाउने उद्देश्यले सडक सौन्दर्यकरण, रोड फर्निचर स्थापना, र पैदल यात्रुका लागि कोशी राजमार्गमा दुई आकासे पुल निर्माणको योजना समेटिएको छ । इटहरीमा बारम्बार देखिने बाढी तथा डुबान समस्या समाधान गर्न प्रकृतिमा आधारित मोडलबाट बाढी नियन्त्रणको योजना अघि सारिएको छ । 

इटहरीको यस वर्षको बजेट भने गत वर्षको तुलनामा १ अर्ब २ करोड रुपैयाँले घटेको हो । चालु आर्थिक वर्षमा इटहरीको बजेट ३ अर्ब ५७ करोड ८४ लाख रुपैयाँ थियो । उता, धरान उपमहानगरपालिकाले भने आन्तरिक विवादका कारण बजेट ल्याउन सकेको छैन । त्यहाँ मेयर उपमेयरको विवादका साथै सदस्यरुको असन्तुष्टिका कारण बजेट प्रस्तुतिमा अन्यौलता छाएको हो  । 

मेयर हर्कराज राई सामाजिक संजालमा लेख्छन् ‘आज असार १० ! आज नगरसभा उद्घाटन गर्नु पर्ने हुन्छ ! सो गरौँ भन्ने मेरो एजेण्डा सहितको २०८२–३–८ गतेको कार्यपालिका वैठकमा विषय प्रवेश अगावै ज्ञापनपत्र सहितको असहमति आएको कारण उद्घाटन गर्न सकिएन ! जय देश ! जय धरान !’कोशी प्रदेशमा इटहरी र धरान गरि २ उपमहानगर रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार