मुख्य समाचार
बर्डफ्लु नियन्त्रणका लागि सुनसरी प्रशासनको कडाइ | भर्चुअल बैठकमार्फत निर्देशन | सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा | अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने | मन्त्रिपरिषद् बैठकको निर्णय : धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन | लुम्बिनी प्रदेश सभा बैठक : दलित अधिकारसम्बन्धी विधेयक पारित | गोरु गाडमा गहुँ लैजाँदै किसान | विद्युत् महसुुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा | शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गा गणना सुरु | अर्घाखाँचीका प्रहरी प्रमुखद्वारा मातहतका युनिटलाई भिडियो कन्फरेन्स मार्फत निर्देशन |

जुनसुकै बेला प्राकृतिक विपद् आउन सक्छ सावधान अपनाउनुहोलाः गृहमन्त्री लेखक

Ujyalosandeshonline 11038+ समाचार ( )
१ श्रावण २०८१, मङ्गलबार

काठमाडौं । गृहमन्त्री रमेश लेखकले अन्य स्थानको खर्च कटौती गरेर भएपनि नागरिकको जीवन बचाउनुपर्ने बताएका छन् ।

आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको स्वागत कार्यक्रममा उनले आर्थिक कारणले मात्र गरेर काम रोकिन नहुने भन्दै आर्थिक व्यवस्थापनको कुरामा गम्भिर भएर अर्थमन्त्री र प्रधानमन्त्रीसँग पनि छलफल गर्ने बताए ।

उनले भने, ‘जनशक्तिको अभाव र कमिको लागि यहाँबाट त्यो प्रक्रिया अगाडि बढाउनु त्यसको लागि न्यूनतम जनशक्तिको पनि पहल गर्ने छु । सतर्क भएर काम गर्नुहोला आर्थिक कारणले मात्र गरेर काम राकिँदैन्, रोकिनु पनि हुँदैन् । अरु स्थानबाट कटौती गरेर भएपनि सबैभन्दा पहिला नागरिकको जीवन बचाउनुपर्छ । त्यसकारण आर्थिक व्यवस्थापनको कुरामा गम्भिर अर्थमन्त्री र प्रधानमन्त्रीसँग पनि कुरा गर्नेछु ।’

उनले काम गर्नको लागि स्रोत, साधनको कमि भएको भन्दै यसलाई बढाउनको लागि अर्थ मन्त्रालयले निर्णय गरेका रकम छिटोभन्दा छिटो निकासा गर्नको लागि पहल गर्ने बताए ।

उनले भने, ‘हामीले जति पनि कुरा गरिरहेका छाँै । कुरा मात्र गरेर हुँदैन् काम गर्नुपर्छ काम गर्नका लागि स्रोत, साधनको आवश्यकता हुन्छ । कुरा अन्तिममा गएर अर्थ र रकममा गएर रोकिन्छ । अहिले सम्म सिमित स्रोत साधनमा काम गरिरहनु भएको छ । अब यसलाई बढाउनुपर्छ र त्यसको लागि अर्थ मन्त्रालयले निर्णय गरेका कुराहरु जुन दिनुपर्ने छ, त्यो रकम छिटोभन्दा छिटो दिनका लागि पनि अर्थमन्त्रीसँग कुरा गर्छु ।’

जुनसुकै बेला प्राकृतिक विपद् हुन सक्ने हुनाले मन्त्रालय र प्राधिकरणलाई उच्च सतर्कतामा काम गर्न अनुरोध गर्दै यसको लागि मन्त्रालय र प्राधिकरणको समन्वयलाई थप सुदृढिकरण गर्नुपर्ने पनि उनको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार