प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटः सुदूरपश्चिम प्रदेशको विजयी सुरुआत

Ujyalosandeshonline 11144+ समाचार ( )
१ माघ २०८०, सोमबार

भैरहवा प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको भैरहवाको सिद्धार्थ रंगशालामा आज भएको आफ्नो पहिलो खेलमा लुम्बनी प्रदेशलाई विकेटले पराजित गर्दै सुदूरपश्चिमले विजयी सुरुवात गरेको हो

लुम्बिनीको भने यो पहिलो हार हो यसअघि लुम्बिनीले आफ्नो पहिलो खेलमा गण्डकी प्रदेशलाई पराजित गरेको थियो

सोमबार लुम्बिनीले दिएको १५९ रनको लक्ष्य सुदूरपश्चिम प्रदेशले २९. ओभरमा विकेट गुमाएर पूरा गर्यो सुदूरपश्चिमको जितमा शेर मल्लले नटआउट ४२ रनको पारि खेदा खडक बोहराले २१ रनको योगदान गरे

यसैगरी नारायण जोशीले नटआउट २२ रन बनाउँदा टेक रावतले १८ तथा किरण ढगुन्नाले १६ रन बनाए नरेभ भाटको ब्याटबाट १२ रन बनेको थियो लुम्बिनीका अभिषेक गौतमले विकेट लिँदा कृष्ण कार्की अजय चाहानले एक एक विकेट लिए

पहिले ब्याटिङ गरेको लुम्बिनीले ४८. ओभरमा सवै विकेट गुमाएर १५८ रन बनाएको थियो  लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ४२ रन बनाउँदा मोहमद हुसेनले २६ रन बनाए यसैगरी मृनल गुरुङले १४ तथा कृष्ण कार्कीले १२ रनको नटआउट पारि खेले दिल्सद अलील १० रनमा रनआउट भएका थिए

सुदूरपश्चिमका लागि नारायण जोशीले विकेट लिँदा भोजराज भाट नरेन साउदले दुई दुई विकेट लिए यसैगरी मिलन बोहराले एक विकेट लिएका थिए

प्रतिक्रिया

सम्बन्धित समाचार