मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

ओमसतिया ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

Ujyalosandeshonline 12455+ समाचार ( )
१६ जेठ २०८१, बुधवार

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामीत्व र सहभागीता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता र दिगोपना’ घोषणा गरिएको हो । 

घोषणा कार्यक्रम सहभागीहरूले खोप लगाऔँ, रोग भगाऔँ भनेर साझा प्रतिवद्धता समेत गरेका छन् । जिल्ला खोप समन्वय समिति रुपन्देहीका अध्यक्ष उमाकान्त चपाई, गाउँपालिका अध्यक्ष मन्जित कुमार यादवले संयुक्त रुपमा पालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना’ घोषणा गरेका हुन् । 

पालिकामा १ देखि ६ वटै वडाका शून्यदेखि १५ महिना मुनिका नियमित खोप लगाइरहेको र १६ देखि ५९ महिनामुनीका सबै बालबालिकाहरूले खोप लगाइसकेकाले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा गरिएको ओमसतिया गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दीपक ज्ञवालीले बताए । उनका अनुसार अहिलेसम्म पालिकामा १ सय प्रतिशत  बालबालिकाले खोपकार्ड पाएको देखिएको छ ।

ओमसतिया गाउँपालिका, जिल्ला खोप समन्वय समितिले अनुगमन गर्दा गाउँपालिकाका सबै बालबालिकाले सबै प्रकारको खोप लगाएको सुनिश्चित भएकाले ‘पूर्ण खोप सुनिश्चितता र दिगोपना’ घोषणा गरिएको हो । 

अहिले बालबालिका ‘खोज र खोप’ भन्ने नीति अन्तर्गत कुनै पनि खोप लगाउने उमेर समूहका बालबालिका खोपबाट वञ्चित हुनुपर्ने अवस्था नभएको ज्ञवालीको भनाइ छ । सामुदायिक विद्यालयमा बालबालिका भर्ना गर्दा खोप कार्ड अनिवार्य गरिएको समेत उनले बताए । स्वास्थ्य संस्थाको टोली सबै घरघरमा पुगेर बालबालिकालाई पूर्ण खोप लगाए नलगाएको सुनिश्चित गरेपछि घोषणा गरिएको छ ।

गाउँपालिका अध्यक्ष मन्जित कुमार यादवले प्रत्येक गाउँमा रहेका बालबालिकाको खोजी गरी खोपको पहुँचमा ल्याइएको बताए । 

स्वास्थ्य सेवा कार्यालयले खोप उपलब्ध गराउँदा घोषणा कार्यक्रममा सहयोग पुगेको उनको भनाइ छ । खोपको पहुँच भन्दा कोही पनि बालबालिका बाहिर नरहेको उनले बताए । 

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुनिता चौधरी, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाई, स्वास्थ्य कार्यालय रुपन्देहीका राम प्रसाद ढकाल, गाउँपालिका प्रवक्ता मदन प्रसाद पोखरेल, प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्री, वडाअध्यक्ष प्रकाश सिंह चौधरी, अकलेश्वर कुमार पाण्डे, शिवकुमार धवल, कार्यपालिका सदस्य, वडा सदस्यलगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार