मुख्य समाचार
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की | दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै |

अख्तियारद्वारा नापी कार्यालयका पर्साका सर्वेक्षक र कार्यालय सहयोगीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

Ujyalosandeshonline 12552+ समाचार ( )
२६ मंगशिर २०८२, शुक्रबार

वीरगञ्ज (पर्सा) । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । आयोगको टोलीले गत मङ्सिर २ गते दुवै जनालाई रु एक लाख घुुस÷रिसवतसहित पक्राउ गरेको थियो ।

आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले अनुसन्धानको सिलसिलामा नापी कार्यालयका सर्वेक्षक राउत र कार्यालय सहयोगी उपाध्याय समेतको आपसी मिलेमतोमा तथा योजनामा वीरगञ्ज महानगर–२५ स्थित कित्ता नम्बर ५५ क्षेत्रफल ०००६४ वर्गमिटर जग्गा छुट जग्गा दर्ता गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रु एक लाख घुस माग गरी लिएको स्थापित भएको भन्दै भ्रष्टाचारको कसुरमा आरोपपत्र दायर गरेको जानकारी दिनुभयो ।

आयोगले दुवै जनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु एक लाख कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन  मागदाबी गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार