मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

वीरगञ्जमा हुण्डी कारोबारमा संलग्न दुई व्यक्ति पक्राउ, १४ लाखभन्दा बढी रकम बरामद

Ujyalosandeshonline 12611+ समाचार ( )
७ भाद्र २०८२, शनिबार

वीरगञ्ज । स्रोत नखुलेको १४ लाख १३ हजार ५ सय नेपाली रुपैयाँसहित दुई जनालाई पर्साको वीरगञ्जबाट प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. २, घुसुकपुरस्थित इदगाह चोकबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा वीरगञ्ज-२ घुसुकपुरका ३९ वर्षीय संजय कुमार साह र बाराको महागढीमाई नगरपालिका-४ बगडमपुरका ४१ वर्षीय शनि कुमार ठाकुर रहेका छन् । प्रहरीले भारतीय र नेपाली नम्बर प्लेटका दुईवटा मोटरसाइकल जाँच गर्ने क्रममा उक्त रकम बरामद गरेको थियो । प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी सुवास भट्टका अनुसार, मोटरसाइकलमा फल्स सिलिङ बनाएर लुकाइएको अवस्थामा रकम फेला परेको हो ।

पक्राउ परेका दुवै जनालाई हुण्डी कारोबार सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको छ । उनीहरू विरुद्ध मुलुकी अपराध संहिता, २०७४ बमोजिम 'हुण्डी सम्बन्धी कारोबार गर्न नहुने' कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले वीरगञ्ज क्षेत्रमा हुण्डी कारोबारको सञ्जाल सक्रिय रहेको सूचनाका आधारमा निगरानी बढाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार