मुख्य समाचार
प्रहरीबाट अवकाशपछि कृषि पेसामा रमाइरहेका विष्ट | खप्तडको त्रिवेणी क्षेत्र | तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर | भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा | रसुवा बाढीपीडितलाई कोटहीमाई गाउँपालिकाको ३५ लाख सहयोग | रोहिणीबाट रु. २६ लाखभन्दा बढीको अवैध मोटर पार्टस र गाडीसहित चालक पक्राउ | डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन |

वीरगञ्जमा हुण्डी कारोबारमा संलग्न दुई व्यक्ति पक्राउ, १४ लाखभन्दा बढी रकम बरामद

Ujyalosandeshonline 12213+ समाचार ( )
७ भाद्र २०८२, शनिबार

वीरगञ्ज । स्रोत नखुलेको १४ लाख १३ हजार ५ सय नेपाली रुपैयाँसहित दुई जनालाई पर्साको वीरगञ्जबाट प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. २, घुसुकपुरस्थित इदगाह चोकबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा वीरगञ्ज-२ घुसुकपुरका ३९ वर्षीय संजय कुमार साह र बाराको महागढीमाई नगरपालिका-४ बगडमपुरका ४१ वर्षीय शनि कुमार ठाकुर रहेका छन् । प्रहरीले भारतीय र नेपाली नम्बर प्लेटका दुईवटा मोटरसाइकल जाँच गर्ने क्रममा उक्त रकम बरामद गरेको थियो । प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी सुवास भट्टका अनुसार, मोटरसाइकलमा फल्स सिलिङ बनाएर लुकाइएको अवस्थामा रकम फेला परेको हो ।

पक्राउ परेका दुवै जनालाई हुण्डी कारोबार सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको छ । उनीहरू विरुद्ध मुलुकी अपराध संहिता, २०७४ बमोजिम 'हुण्डी सम्बन्धी कारोबार गर्न नहुने' कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले वीरगञ्ज क्षेत्रमा हुण्डी कारोबारको सञ्जाल सक्रिय रहेको सूचनाका आधारमा निगरानी बढाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार