मुख्य समाचार
बाँध निर्माणस्थल | बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल | एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान | प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरे 'पुलिस अफ द मन्थ' घोषित | बालिका बलात्कार र हत्याका दोषीलाई कारबाही गर्न कांग्रेसको माग | बाजुरामा पहिरोले दुई घर बगायो | स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले | शिक्षक–कर्मचारीको पारिश्रमिक वृद्धिः चार अर्ब ६८ करोड चाहिने | ‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ | कार्यपालिका सदस्य सुभावती चमारको निधनमा सिद्धार्थनगरमा आज शोक बिदा |

सिराहामा १५ वर्षीय किशोरको अपहरणपछि हत्या, क्षतविक्षत अवस्थामा शव फेला

Ujyalosandeshonline 12096+ समाचार ( )
७ अशोज २०८२, मङ्गलबार

सिराहा । सिराहा जिल्लाको गोलबजार नगरपालिका–१३ डंग्राहा गाउँका १५ वर्षीय अभिषेक सिंहको अपहरणपछि हत्या गरिएको छ । चार दिनदेखि बेपत्ता रहेका अभिषेकको शव सोमबार बिहान करिब ६ बजे घरदेखि १०० मिटर पूर्व, जनता आधारभूत विद्यालय नजिकै आँपको रुखमुनि क्षतविक्षत अवस्थामा फेला परेको हो । शव सडेर दुर्गन्ध आउन थालेपछि प्रहरीलाई खबर गरिएको थियो ।

प्रारम्भिक अनुसन्धानमा खुट्टाको छाला पिल्सिएको, शरीरमा नीलडाम रहेको र हत्या पश्चात् शवमा आगो लगाइएको वा एसिड खन्याइएको हुन सक्ने आशंका गरिएको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी उपरीक्षक अनन्तकुमार शर्माले घटनालाई अपहरणपछि हत्या भएको स्पष्ट देखिएको बताएका छन् । उनका अनुसार मधेश प्रदेश प्रहरी मुख्यालयबाट फरेन्सिक विज्ञ र तालिमप्राप्त कुकुरसहितको टोली ल्याएर सूक्ष्म अनुसन्धान भइरहेको छ ।

अभिषेक असोज ५ गते राति ८ः३० बजे खाना खाएर घर बाहिर निस्केपछि बेपत्ता भएका थिए । भोलिपल्ट बिहान उनकी आमाको इमो खातामा अपहरणकारीले ५ करोड रुपैयाँ फिरौती माग्दै सन्देश पठाएका थिए । परिवारले तत्कालै प्रहरीमा उजुरी दिए पनि जीवित उद्धार सम्भव भए नभएको आफन्तले बताएका छन् ।

७ वर्षअघि बुबा सञ्जय सिंहको करेण्ट लागेर मृत्यु भएपछि अभिषेक परिवारको एक मात्र उत्तराधिकारी थिए । उनी विद्यालय पढाइ छाडेर परिवारकै सिटी रिक्सा र ट्रयाक्टर चलाउने गरेका थिए । बालकको निर्मम हत्या भएपछि डंग्राहा गाउँ शोकमग्न र त्रसित बनेको छ । गाउँभर रुवाबासी छाएको छ भने स्थानीयले सुरक्षा संकट बढेको महसुस गरिरहेका छन् । प्रहरीका अनुसार घटनामा संलग्न अपराधीलाई पक्रेर कानुनी दायरामा ल्याइनेछ ।

‘रातभरी खोजतलास गरियो तर मेरो नाति फेला परेन । भोलिपल्ट बिहान ८ बजे अभिषेककी आमाको इमो आईडीमा हिन्दीमा लेखिएको सन्देश आयो । ५ करोड रुपैयाँ लिएर आउनु अभिषेक सुरक्षित छ, हाम्रो कब्जामा छ । त्यसपछि मेरो नाति अपहरणमा परेको छ भनेर थाहा भयो,’ मृतकका हजुरबुवाले भने । ‘हामीले तत्कालै इलाका प्रहरी कार्यालय गोलबजारमा निवेदन दियौं । तर प्रहरीले पनि खोजी र जीवित उद्धार गर्न सकेन ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार