मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

‘नयाँ सरकारले निराशालाई आशामा बदल्नु पर्छ ’

रासस 719+ समाचार ( )
२५ फाल्गुन २०८२, सोमबार

चितवन ।  प्रतिनिधिसभा निर्वाचन २०८२ को मतपरिणाम अन्तिम चरणमा पुग्दै गर्दा युवा पुस्ता उत्साहित बनेका छन् । उनीहरुले अब बन्ने स्थिर सरकारले रोजगारी सिर्जना र सुशासन दिनेमा ढुक्क छन् । जेनजी आन्दोलनपछि भएको आम निर्वाचनले दिएको परिणामलाई युवाहरुले सकारात्मक रुपमा लिएका छन् । भरतपुर महानगरपालिका–१० निवासी पृथ्वी धिताल अहिलेको परिवर्तन देशका लागि भएको बताउनुहुन्छ । युवा पुस्ताका लागि रोजगारी र सुशासन नै महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो,“अहिले भएको निर्वाचनको परिणामले युवा पुस्तालाई सम्बोधन गर्छ ।”  यदि त्यसो हुन नसके फेरि अर्को विद्रोह नहोला भनेर भन्न नसकिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो,“जेनजी आन्दोलन पछिको निर्वाचनले  देशवासीलाई विश्वस्त बनाउनुपर्ने छ ।” अहिले देशमा सुशासन कायम गदैं भ्रष्टाचार नियन्त्रण र युवालाई रोजगारीको वातारवरण सिर्जना गर्न अवश्यक रहेको उहाँले बताउनुभयो । 

प्यूठानबाट उपचारका लागि बिरामी लिएर चितवन आउनु भएका प्रेम श्रेष्ठ अब बन्ने सरकारले परिवर्तन गर्न आवश्यक रहेको बताउनुहुन्छ । उहाँका अनुसार शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा काम गर्न सकेन भने अहिलेको परिवर्तनसमेत खेरा जाने चिन्ता उहाँमा छ । जेनजी आन्दोलन पछि बन्न लागेको सरकारमा जनताको अपेक्षा पूरा गर्न सक्ने क्षमता हुन आवश्यक रहेको उहाँले बताउनुभयो । 

भरतपुर महानगरपालिका–२ क्षेत्रपुर निवासी प्रवास पराजुली अब सुशासनको प्रत्याभूति हुन आवश्यक रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “अब बन्ने सरकारले भ्रष्ट्राचार नियन्त्रण र सुुशासनको पक्षमा कसरी काम गर्छ भन्ने हेर्ने समय आएको बताउनुभयो ।” उहाँले भन्नुभयो “वैदेशीक रोजगारीमा रहेका युवालाई स्वदेश फर्काउने र नेपालका उद्योग कल कारखाना सञ्चालन गरेर रोजगारी सिर्जना गर्दै देशको आर्थिक संवृद्धिमा लाग्न आवश्यक छ ।”

भरतपुर महानगरपालिका–१४ निवासी रचना दाहाल अहिलेको परिवर्तनलाई कमजोर सोच्न नहुने बताउनुहुन्छ । उहाँले भन्नुभयो “यो परिवर्तनलाई कमजोर सोच्ने हो भने फेरि अर्को विद्रोह हुनसक्छ । यो परिवर्तनलाई आत्मसाथ गर्दै देश र जनताको पक्षमा काम गर्न अब बन्ने सरकार लाग्नुपर्छ ।” जनताले परिवर्तनको पक्षमा देखाएको मत खेरा जान दिने छुट कसैमा नभएको भन्दै उहाँले भ्रष्ट्राचार नियन्त्रण, स्वास्थ्य, शिक्षा र रोजगारीलाई मूलमर्म मान्न आग्रह गर्नुभयो । 

युवाहरुले अब बन्ने सरकारले पाएको मत अनुसार देशलाई अगाडि बढाउनेमा ढुक्क छन् । अन्य दलहरुले सरकारलाई निगरानीमा राखेर काम गर्न दिनुपर्नेमा उनीहरुको जोड छ । शिक्षा र रोजगारीका लागि युवा शक्ति विदेश जानबाट रोकेर यही पढ्ने र काम गर्ने वातावरण सरकारले सिर्जना गर्नुपर्नेमा धेरैको जोड छ । सरोकारवाला नियकायसँग छलफल गरी जनताको निराशालाई आशामा बदल्न उनीहरुले सुझाएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार