मुख्य समाचार
पाल्पामा सडक दुर्घटना उद्धार सम्बन्धी कृत्रिम अभ्यास सम्पन्न | ढिकी–जाँतोे विस्थापित हुँदा मौलिकता हराउने चिन्ता | भैरहवामा ‘भैरहवा दशैं महोत्सव–२०८३’ आयोजना हुने | बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो | जुम्लामा आज सार्वजनिक बिदा | मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ | कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः सभापति थापा | भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई | हुम्लामा हिमपातले जनजीवन प्रभावित | कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक |

भैरहवामा ‘भैरहवा दशैं महोत्सव–२०८३’ आयोजना हुने

Ujyalosandeshonline 12473+ समाचार ( )
२२ अशोज २०८३, बिहीबार

भैरहवा । रुपन्देहीको ऐतिहासिक नगरी भैरहवामा आगामी असोज २५ गतेदेखि कात्तिक ६ गतेसम्म ‘भैरहवा दशैं महोत्सव–२०८३’ आयोजना हुने भएको छ । लायन्स क्लब अफ भैरहवा लिगेसीको मुख्य आयोजनामा सिद्धार्थनगर–४ गल्लामण्डी रोडस्थित सुगरमिल परिसरमा उक्त महोत्सव सञ्चालन हुन लागेको हो ।

महोत्सवबारे जानकारी दिन भैरहवामा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष राजन शुक्लाले महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकार, भोजपुरी कलाकार र स्थानीय कलाकारको प्रस्तुति रहने बताउनुभयो । उहाँका अनुसार महोत्सवमा गायक दुर्गेश थापा, प्रीति पासवान, गंगु क्षेत्रीका साथै भारतबाट अभिनेत्री अक्षरा सिंह र राजा भोजपुरिया लगायतका कलाकारहरूको विशेष आकर्षण रहनेछ । विजयादशमीका अवसरमा मनोरञ्जन प्रदान गर्नुका साथै स्थानीय व्यापार र व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।

लायन्स क्लब अफ भैरहवा लिगेसीका अध्यक्ष नारायणप्रसाद कोइरालाले भैरहवा नेपाल–भारत सीमा नाका, लुम्बिनीको प्रवेशद्वार र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको ठूलो सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गर्नुभयो । दशैंका समयमा भारतीय पर्यटकको समेत उल्लेख्य आवागमन हुने भएकाले यस महोत्सवले समग्र पर्यटन र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन महत्त्वपूर्ण सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

महोत्सवमा भैरहवासहित मर्चवार, लुम्बिनी, परासी, बुटवल, सैनामैना, शुद्धोधन, कञ्चन लगायत आसपासका क्षेत्रबाट ठूलो संख्यामा आन्तरिक पर्यटक तथा दर्शकको सहभागिता रहने लक्ष्य राखिएको छ । यसअघि क्लबले आयोजना गरेको प्रथम सिद्धार्थनगर सांस्कृतिक मेला सफलतापूर्वक सम्पन्न भई नगरको सांस्कृतिक तथा मनोरञ्जनात्मक पहिचान स्थापित गर्न योगदान पु¥याएकाले यसपटक महोत्सवलाई थप बृहत् र व्यवस्थित बनाउन लागिएको आयोजकले जनाएको छ ।

महोत्सव स्थलमा मनोरञ्जनात्मक कार्यक्रमका साथै विभिन्न व्यापारिक, औद्योगिक तथा स्थानीय उत्पादनका स्टलहरू समेत रहनेछन् । जय माता दी एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालि आयोजक रहेको यस महोत्सवमा सिद्धार्थनगर नगरपालिका–४ नम्बर वडा कार्यालय र मायादेवी गाउँपालिका सह–आयोजक तथा सिद्धार्थनगर नगरपालिका संरक्षकका रूपमा रहेका छन् । महोत्सवको व्यवस्थापन भने राधाकृष्ण एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले गर्नेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार