मुख्य समाचार
पूर्वी सीमा क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प | सिद्धार्थनगरको फोहोर व्यवस्थापनका लागि निजी कम्पनीसँग पाँचवर्षे सम्झौता | भारत–नेपाल सम्बन्धलाई नयाँ उचाइ दिन २४ हजार करोड नेपाली रुपैयाँको विकास प्याकेज घोषणा | रोहिणीको सेमरपानीबाट भन्सार छली भित्र्याउँदै गरिएको रु. १० लाख बढीको सामान बरामद | प्रधानमन्त्री शाह र मोदीबिच आज भेटवार्ता : महत्वपूर्ण सम्झौता र आयोजना उद्घाटन हुने | नयाँ दिल्लीमा ‘नेपाल–भारत व्यापार मञ्च’ सम्पन्न | बुटवलमा भन्सार छलीका मोजा र अटोसहित रु छ लाख ७९ हजारभन्दा बढीको सामान बरामद | गुल्मी अस्पतालको सेवा यसै महिनाभित्र नयाँ भवनबाट सञ्चालन हुने | सभामुख अर्यालद्वारा ‘नेपाल–जापान फेस्टिभल २०२६’ को उद्घाटन | कटुवा पेस्तोलसहित एक महिला पक्राउ |

हुम्लामा हिमपातले जनजीवन प्रभावित

रासस 720+ समाचार ( )
२१ अशोज २०८३, बुधवार

हुम्ला । जिल्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि जनजीवन प्रभावित भएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा हिमपात तथा तल्लो क्षेत्रमा लगातार वर्षा भइरहेको छ । नाम्खा, सिमकोटलगायत उच्च हिमाली तथा अग्ला क्षेत्रमा हिमपात भइरहेको छ भने अदानचुली, ताँजाकोटलगायत जिल्लाको तल्लो क्षेत्रमा रातिदेखि नै हल्का वर्षा भइरहेको छ । वर्षासँगै चिसो बढेपछि स्थानीयको दैनिक जनजीवन प्रभावित भएको छ । 

लगातारको वर्षाका कारण ग्रामीण क्षेत्रमा रहेका कच्ची सडक तथा गोरेटो बाटोमा हिलो र पानी जम्दा आवतजावतमा समस्या भएको छ । कतिपय स्थानमा सडक अवरुद्ध हुन थालेपछि यातायातसमेत प्रभावित भएको सर्केगाड–१ जैरको खच्चाबाट दीपक कार्कीले बताउनुभयो । उहाँका अनुसार खच्चामा सुक्खा पहिरो आइरहने भएकाले समस्या भइरहेका बेला यस किसिमको निरन्तरताको वर्षाले त सडक पूरै अवरुद्घ भएको बताउनुभयो ।

वर्षाले पाक्न लागेको तथा खेतबारीमा रहेको अन्नबाली, तरकारीलगायतका बालीमा पनि क्षति पुग्ने जोखिम बढेको छ । केही स्थानमा बाढीपहिरो तथा खोलानालामा पानीको बहाव बढ्न थालेपछि स्थानीय त्रसित भएका छन् । वर्षा र हिमपातका कारण पशुचौपायालाई समेत समस्या भएको छ । चिसो बढेपछि खुला तथा गोठमा राखिएका पशुचौपायालाई आहार तथा संरक्षणमा समस्या भएको जनाइएको छ ।

अचानक मौसममा आएको परिवर्तनसँगै जिल्लाका उच्च हिमाली क्षेत्रमा थप हिमपात र तल्लो क्षेत्रमा वर्षा जारी रहेकाले सम्भावित क्षतिप्रति सतर्क रहन स्थानीयलाई आग्रह गरिएको छ । जिल्लाका विभिन्न स्थानमा हिमपात तथा वर्षा भइरहेकाले सुरक्षित रहन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले बताउनुभयो । वर्षाका कारण भएको क्षतिको विस्तृत विवरण भने सङ्कलन भइरहेको र अहिले पनि निरन्तर वर्षा भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार