मुख्य समाचार
मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना | गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला | बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह |

निर्मला कुर्मीको न्यायका लागि माइतीघरमा प्रदर्शन जारी

Ujyalosandeshonline 12318+ समाचार ( )
१ कार्तिक २०८१, बिहीबार

काठमाडौं । बाँकेकी निर्मला कुर्मीको न्यायका लागि भन्दै महिला अधिकार मञ्च बाँकेले माइतीघर मण्डलामा प्रदर्शन जारी राखेको छ ।

कुर्मीको मुद्दा अदालत पठाउन पटक पटक सरकारले सहमति गरेपनि मुख्य अभियुक्तलाई नै प्रदेशमन्त्री नियुक्त गरेर सत्ताधारी पार्टीले संरक्षण गरेको र महिलाका मुद्दामा सरकार चरम रुपमा असंवेदनशिल  भएको भन्दै मञ्चले गत साउनदेखि लगातार प्रदर्शन गर्दै आएको छ ।

मञ्चकि अध्यक्ष रुबी खानका अनुसार बाँके प्रहरीले निर्मला कुर्मी अपहरण, बेपत्ता, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा फितलो अनुसन्धान गरेपछि मञ्च र पीडित परिवारले निरन्तर आन्दोलन गरिरहेको बताइन् ।

गतवर्ष ४३ दिनको लामो धर्ना र आन्दोलनपछि वार्तामार्फत सरकारले उक्त मुद्दामा छानबिन समिति गठन गरेको थियो ।  छानबिन समितिले पनि उक्त मुद्दाका आरोपितलाई पक्राउ गरी अनुसन्धान गर्न सरकारलाई प्रतिवेदन बुझाएपछि प्रहरीले अहिले ६ जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ भने एकजना वृद्धलाई तारेखमा राखेको छ ।

तर मुद्दामा मुख्य अभियुक्त बादशाह कुर्मी लुम्बिनी प्रदेशको मन्त्री छन् । उनी बाँके क्षेत्र नम्बर ३ (क) बाट नेपाली कांग्रेसको तर्फबाट प्रदेस सांसद निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार