मुख्य समाचार
रुपन्देही क्षेत्र नं. ३ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना | भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान | दललाई चुनावी प्रतिष्पर्धामा सहयोग गर्न आचारसंहिताः कार्यवाहक प्रमुख आयुक्त भण्डारी | निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल | संविधान संशोधन र शक्तिहरुबीचको सामञ्जस्यता आजको आवश्यकता : नेता शुक्ला | चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल | नेपाल प्रहरी श्रीमती संघद्वारा बाराका विपन्न परिवारलाई न्यानो कपडा वितरण | मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु | पेट्रोलियम पदार्थको मूल्य समायोजन | निर्वाचन ४८ दिन बाँकी : यस्ता छन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार |

निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल

Ujyalosandeshonline 10084+ समाचार ( )
३ माघ २०८२, शुक्रबार

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचन तोकिएकै समयमा हुने बताउनुभएको छ । भरतपुर महानगरपालिकाको प्रशासकीय भवनको आज यहाँ उद्घाटन गर्दै संयोजक दाहालले निर्वाचनको विकल्प नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधानसभाको पहिलो निर्वाचनको समयमा पनि अघिल्लो दिनसम्म पनि चुनाव हुन्छ र भन्ने देशैभरी हल्ला थियो । तर चुनाव भयो ।”

राजनीतिक दल र जनता अघि बढीसकेकाले अब पनि चुनाव हुन्छ की हुँदैन भनेर अन्योलतामा नबस्न संयोजक दाहालले आग्रह गर्नुभयो । निर्वाचनको अर्को विकल्प नरहेको उल्लेख गर्दै उहाँले निर्धारित समयमा निष्पक्ष रुपमा निर्वाचन गराउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।  

फरक प्रसङ्गमा संयोजक दाहालले नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि निर्वाचन के होला भन्ने प्रश्न जनतामा उठेको बताउनुभयो । उहाँले भन्नुभयो “ठूलो पार्टी विभाजन हुनु राम्रो होइन् । सुखद समाचार होइन् । तर यसले निर्वाचनमा कुनै असर पर्दैन ।” भरतपुर महानगरपालिकाले समानुपातिक रुपमा गरेको विकासका कारण यो महानगर देशको नमुना बन्न सकेको संयोजक दाहालले बताउनुभयो । यहाँ भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारसँगै विभिन्न सांस्कृतिक समुदायको विकासमा समानुपातिक रुपमा गरिएको योगदानले नै यो सम्भव भएको उहाँको भनाइ थियो ।   

सो अवसरमा महानगर प्रमुख रेनु दाहालले रु ५३ करोड ३२ लाखको लागतमा भवन निर्माण गरिएको जानकारी दिनुभयो । भवन निर्माण गर्न २०७९ साउन १८ गते निर्माण कम्पनी शर्मा–सगरमाथा–सगुन जेभीसँग सम्झौता भएको थियो । भवन बनाउन सङ्घीय सरकारको रु २१ करोड ५८ लाख, वाग्मती प्रदेश सरकारको रु १९ करोड ८९ लाख तथा महानगरपालिकाको रु ४ करोड ५० लाख रकम खर्च भएको छ । सात कट्ठा जग्गामा ६ तले भवन निर्माण गरिएको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार