मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

आँखामा मोतिबिन्दु भएको छ ? सिद्धार्थनगरमा निःशुल्क शल्यक्रिया गराउनुस् !

Ujyalosandeshonline 12320+ समाचार ( )
१६ चैत्र २०८०, शुक्रबार

भैरहवा । के तपाईको आँखाको मोतिबिन्दु भएको छ ? यदि भएको छ र आर्थिक अभावका कारण शल्यक्रिया गराउन सक्नु भएको छैन भने चिन्ता नलिनुहोस् । यहाँको सिद्धार्थनगर नगरपालिकाले आर्थिक अवस्था कमजोर भएका स्थायीबासीहरुका लागि निःशुल्क शल्यक्रिया गर्ने व्यवस्थापन गरेको छ ।

जसका लागि नगरपालिकाको कार्यालय र नेपाल नेत्र ज्योति संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर÷श्री रण अम्बिका शाह आँखा अस्पताल लुम्बिनी प्रदेशबीच सम्झौता पत्रमा दुवै पक्षको दस्तखस्त सहित पत्र आदानप्रदान भएको छ ।

सम्झौतापत्रमा सिद्धार्थनगर नगरपालिकाको तर्फबाट प्रमुख (मेयर) इश्तियाक अहमद खाँ र अस्पतालको तर्फबाटवाहष् कार्यक्रम निर्देशक सह–प्राध्यापक डा. कविन्द्र  वज्राचार्यले हस्ताक्षर गरेका छन् । 

आँखामा मोतिविन्दु भएर पनि आर्थिक अभावका कारण शल्यक्रिया गराउन नगरवासीलाई परेको समस्यालाई मध्यनजर गर्दै कार्यक्रम लागु गरिएको सिद्धार्थनगर नगरपालिकाका मेयर खाँले जानकारी दिए ।आँखाको निःशुल्क शल्यक्रियाले नगरवासी लाभान्वित हुने विश्वास लिइएको उनले बताए । 

उक्त सेवा लिनका लागि नगरवासीले बसोवास गरेको सम्बन्धित वडा कार्यालय वा नगरपालिका कार्यालयबाट सिफारिसका आधारमा नगरमा रहेको श्री रण अम्बिका शाह आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गराउने सक्ने सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले बताए । 

उनका अनुसार अस्पतालमा एक दशमलव ५ प्रतिशत (एक सय रुपैयाँ) शुल्कमा नाम दर्ता गरी नगरवासीले आँखामा मोतिविन्दु लागे÷नलागेको आफै जाँच गराउनुपर्ने छ । यदि जाँचमा मोतिविन्दु लागेको पहिचान भएमा त्यसपश्चात लाग्ने शुल्कमा नगरपालिकाले ८४ प्रतिशत र अस्पतालले १४ दशमलव ५ प्रतिशत व्यर्होने गरी सम्झौता भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार