महानगर प्रहरी र नेपाल प्रहरीको सहकार्य राम्रो भएको छ : मेयर शाह

Ujyalosandeshonline 11139+ समाचार ( )
१४ भाद्र २०८१, शुक्रबार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले महानगर पालिका प्रहरी र  नेपाल प्रहरीले  गर्दा सडक व्यवस्थापन गर्न  सजिलो  भएको बताएका छन् । 

शुक्रबार ३२ औं महानगर प्रहरी दिवसलाई सम्बोधन गर्दै मेयर बालेनले महानगरपालिकामा हुने काममा सबैभन्दा पहिले अग्रपङ्क्तिमा नगर प्रहरीको हात रहेको बताएका हुन् । 

उनले भने, ‘महानगरपालिकामा हुने नीति तथा कार्यक्रमलाई पालना गर्न विभिन्न विभागहरुबाट सहयोग गर्न अग्रपङ्क्तिमा जानुहुने नगर प्रहरीका पदाधिकारीहरु, जवानहरु, उहाँहरुले  गर्दाखेरी विभागका सबै  कार्यहरु सहज तरिकाले भएका छन् ।

स्वास्थ्य विभागको स्वास्थ्य औषधि पसलहरुदेखि लिएर विभिन्न अस्पताल क्लिनिकहरु वा खाद्यानको  अनुगमनदेखिका सबै  विभागका कामहरुको  लागि  नगर प्रहरीको महत्वपूर्ण  भूमिका रहेको छ ।’

साथै उनले साउद एसियाको विकास हुँदै गएको देशमा कामहरु गर्न निकै गाह्रो अवस्था रहेको उल्लेख गरे ।  उनले कालोपत्रे सडक अतिक्रमणलाई र  फुटपातमा व्यवसाय गर्दाखेरीको अतिक्रमणलाई सहज बनाउन महानगरले धेरै चुनौतीहरुको सामना गर्नुपरेको जिकिर गरे ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार