मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

फागुन ५ देखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप

Ujyalosandeshonline 11768+ समाचार ( )
३० माघ २०८१, बुधवार

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप २०२५’ आयोजना हुँदैछ । पत्रकार सम्मेलनको आयोजना गर्दै संघ फेब्रुअरी १७ देखि २६ (२०८१ फागुन ५ देखि १४ सम्म) दशरथ रंगशालामा च्याम्पियनसिप आयोजना हुन लागेको जानकारी गराएको हो । एएफसि महिला एसियन कप ÷फिफा महिला विश्व कपको तयारी स्वरुप यो प्रतियोगिता आयोजना गर्न लागिएको हो । 

फिफा अन्तर्राष्ट्रिय विन्डोज अन्र्तगत खेलिने यस अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललगायत किर्गिस्तान, म्यानमार र लेवननको सहभागिता रहनेछ । सहभागी टोलीहरु मध्ये किर्गिस्तान फेब्रुअरि १३ र अन्य दुई टोली फेब्रुअरी १४ मा काठमाडौं संघले जानकारी दिएको छ । 

सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान र नेपाली सेनाको भद्रकाली खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको छ । नेपालमा पहिलोपटक चार राष्ट्र सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको आयोजना हुन लागेको हो । 

प्रतियोगिताको तयारीका लागि हाल ३० सदस्यीय नेपाली राष्ट्रिय महिला टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङ्गको नेतृत्वमा बन्द प्रशिक्षणमा रहेको छ । प्रतियोगिताका खेलहरु राउन्ड रोबिन आधारमा खेलि शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । खेलहरु दिनको २ र साँझको ६ बजे खेलिनेछ । एन्फाले प्रतियोगिताको तयारी पुरा गरिएको छ । प्रतियोगिताको टेलिभिजन प्रसारण, मार्केटिङ, टिकटिङ र डिजिटल अधिकार ब्रान्ड डिजिटल लोजिक प्रालिलाई प्रदान गरिसकिएको छ । 

प्रतियोगिताका सम्पुर्ण खेलहरु कान्तिपुर म्याक एच्डिबाट प्रत्यक्ष प्रशारण गरिनेछ । प्रतियोगिताको टिकट दर साधारण पारापिट तर्फ रु ५०० र भीआइपी तर्फ रु १००० तोकिएको छ । टिकट खल्तीबाट किन्न सकिनेछ । प्रतियोगिताको अनुमानित बजेट रु २,५०,५६,१०४ रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार