मुख्य समाचार
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न सरकार कटिबद्ध छ: सांसद पुनम अग्रवाल | पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध | चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्न निर्देशन | विद्यालय बस दुर्घटनाः पुरानो बस नचलाउन भनेका थियौँ : स्थानीयवासी | भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता | नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित | सडक सुरक्षामा ध्यान दिन प्रहरीको आग्रह | भैरहवामा लगानीकर्ता सचेतना तथा पूँजीबजार साक्षरता कार्यक्रम सम्पन्न | नेपाली कांग्रेस महाधिवेशनः मतदान सुरू | कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने |

कुलमानलाई हटाउने निर्णय तत्काल फिर्ता लिन माओवादीको माग

Ujyalosandeshonline 12490+ समाचार ( )
११ चैत्र २०८१, मङ्गलबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् प्रवक्ता अग्नि प्रसाद सापकोटाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उनले सरकारको निर्णय बदनियतपूर्ण र आपत्तिजनक रहेको बताएका हुन्  । 

प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय बदनियतपूर्ण र आपत्तिजनक छ । बिचौलिया र दलालहरूको स्वार्थमा गरिएको यो निर्णय कुशासनको पछिल्लो दृष्टान्त हो,’विज्ञप्तिमा थप भनिएको छ, ‘यस प्रकारको अन्यायपूर्ण र अपमानजनक निर्णय तत्काल फिर्ता लिन हाम्रो पार्टी जोडदार माग गर्दछ ।’

प्रवक्ता सापकोटाले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी आयोग गठन गर्ने सहमतिसँग जोडेर पार्टी अध्यक्षप्रति गरिएको दुष्प्रचारलाई पार्टीले खारेज गर्ने पनि बताए । उनले विज्ञप्तिमार्फत आमनागरिकमा भ्रम श्रृजना गर्ने दुष्प्रचार तत्काल बन्द गर्न चेतावनी समेत दिए । उनले यसैमार्फत नागरिकमा भ्रमित नहुन समेत अनुरोध गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार