मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

लुम्बिनी राष्ट्रिय महोत्सवमा निःशुल्क मेहन्दी तालिम सुरु

Ujyalosandeshonline 10783+ समाचार ( )
२१ मंगशिर २०८१, शुक्रबार

भैरहवा । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले भैरहवामाआयोजना गरेको नवौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०८१ (पर्यटन महोत्सव, कृषितथा राष्ट्रिय औद्योगिकव्यापार मेला) मा शुक्रबारदेखि निःशुल्क मेहन्दीतालिम सुरु भएको छ ।

१०दिने तालिमको उद्घाटन गर्दै सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्षतथामहोत्सवमूलआयोजक समितिका संयोजकअध्यक्ष ठाकुर कुमार श्रेष्ठले धार्मिक र साँस्कृतिकमहत्वबोकेको मेहन्दी जो कोहीले लगाउननसक्ने भएकाले मेहन्दीलगाउनसिके महिलाहरूलाई स्वरोजगार हुन सहजहुने बताए ।

त्यस्तै सिद्धार्थ उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्यतथामहोत्सवको महिलाउद्यमीतथा हस्तकला समिति संयोजकपल्लवीन्यौपानेले मेहन्दीतालिमनिकै महंगो हुने भएकाले सिद्धार्थ उद्योग वाणिज्य संघले विगतकावर्षहरुदेखि नै यस्ता तालिमहरुलाई निःशुल्क रुपमा सञ्चालनगर्दै आएको बताइन् । उसले यस्ता तालिमले महिलाहरूलाई आत्मनिर्भर र स्वरोजगार बनाउन सहयोग पुग्ने बताइन् । उनले भनिन्, ‘महिलादिदीबहिनीहरुलाई आत्मनिर्भर तथाव्यवसायिकएवं स्वरोजगार बनाउने उद्देश्यका साथतालिम सञ्चालन गरिएको हो । ’ उनले यो अवसरको सदुपयोग गर्न आग्रह गरिन् । संघका महासचिव कृष्ण प्रसाद घिमिरेको सञ्चालनमाकार्यक्रम सम्पन्नभएको थियो ।

मंसिर ३० गतेसम्म सञ्चालनहुने तालिममा ६५ जनाप्रशिक्षार्थीहरू सहभागी छन् । आयोजककाअनुसार तालिमको अन्तिमदिनप्रशिक्षार्थीहरुबीचप्रतिष्पर्धा गराई प्रथम, द्वितीय र तृतीयहुनेलाई नगदसहित पुरस्कृत गरिनेछ । मंसिर २० गतेदेखि सुरु भएको महोत्सव पुस १ गतेसम्म सञ्चालनहुनेछ । 

करिब १० करोडको कारोबार हुने अपेक्षा गरिएको लुम्बिनी राष्ट्रिय महोत्सवको २ लाखदर्शकले अवलोकन गर्ने संघका सचिवतथाप्रचार प्रसार समिति संयोजकमंगल भण्डारीले बताए ।

महोत्सवको संरक्षक सिद्धार्थनगर नगरपालिकाको कार्यालय, सह–आयोजक नेपालउद्योग वाणिज्य महासंघ, नेपालउद्योग वाणिज्य महासंघ, लुम्बिनीप्रदेश, प्रवद्र्धक पर्यटन विकास परिषद्, बुटवल, मुख्यप्रायोजक रुद्राक्ष मार्ट, भैरहवा र सह–प्रायोजक रिया रक्षा फूड प्रोडक्टस, भैरहवा रहेका छन् । त्यस्तै टिकट प्रायोजकग्लोबल आईएमई बैंक लि., आधिकारिक बैंक शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि. र आधिकारिक इन्स्योेरेन्स नेको इन्स्योरेन्स रहेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार