मुख्य समाचार
आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ | पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी |

सामाजिक सुरक्षा कोषमा आबद्ध हुने तर निरन्तरता नदिने धेरै

Ujyalosandeshonline 12545+ समाचार ( )
२० श्रावण २०८१, आइतबार

काठमाडौं । वैदेशिक रोजगारीमा गएकाहरु सामाजिक सुरक्षा कोषमा आबद्ध भएपनि त्यसलाई निरन्तरता नदिएको पाइएको छ । कोषका अनुसार कोषमा योगदान गरेर वैदेशिक रोजगारीमा गएकामध्ये दुई÷तीन प्रतिशतले मात्रै निरन्तरता दिएका छन् ।

श्रम स्वीकृति लिएर जानेको सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेको संख्या १० लाख नाघेको छ । कोषमा हाल जम्मा भएको रकम हेर्दा पनि कसैले पनि एक पटकभन्दा बढी रकम जम्मा नगरेको तथ्यांकले देखाउँछ । कोषमा दुई अर्ब ३२ करोड ७१ लाख ५१ हजार रकम जम्मा भएको देखिन्छ ।

कोषका अनुसार कोषको योजनामा हालसम्म १५ लाख ११ हजार ८०५ जना आबद्ध छन् । जसमा वैदेशिक रोजगारीमा जानेको संख्या १० लाख ११ हजार ८०५ जना रहेको छ भने औपचारिक क्षेत्रका पाँच लाख १६ हजार ७७७ जना आबद्ध भएका छन् ।

तर कोषमा हाल जम्मा भएको रकम हेर्दा कसैले पनि एक पटकभन्दा बढी रकम जम्मा नगरेको तथ्यांकले देखाएको छ ।

वैदेशिक रोजगारीमा जानेलाई यसको फाइदाबारेमा जानकारी दिन नसकेकाले पनि यसमा निरन्तरतामा समस्या भएको हुन सक्ने कोषले जनाएको छ । तर अब यसलाई अभियानकै रुपमा अघि बढाउन लैजान विभिन्न कार्यक्रम अगाडि सारिएको कोषले जनाएको छ ।

वैदेशिक रोजगारीमा नयाँ जाने श्रमिक श्रम स्वीकृतिपूर्व कोषको योजनामा अनिवार्य आबद्ध हुने गरेका छन् ।वैदेशिकरोजगारीमाजानेतयारीमारहेकारविदेशमारहेकाश्रमिकलेश्रमस्वीकृतिलिनेबेला, श्रम स्वीकृति नवीकरण गर्ने बेलामा योजनामा समावेश हुनसक्ने भनिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार