मुख्य समाचार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी |
मुख्य समाचार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी |

गौतमबुद्ध हिडेको बाटो भैरहवामा ५ सय जनाको धम्म यात्रा
बाटोमा फुल छरेर भिक्षुहरुको स्वागत

राधेश्याम विश्वकर्मा 58+ समाचार ( )
१ चैत्र २०८१, शनिबार

भैरहवा । भैरहवामा ५ सय जना श्रामणेर (अल्पकालीन भिक्षु) हरुको यात्रा “धम्म यात्रा” सम्पन्न भएको छ । भैरहवाको सिद्धार्थ रङ्गशालाबाट सुरु भएको धम्म यात्रा देवकोटा चोक, बैंकरोड, नारायणपथ हुदै लुम्बिनी गेटमा समापन भएको थियो । लुम्बिनी गेटमा हजार भन्दा बढी स्थानियहरुले श्रामणेरहरुको स्वागतमा उनिहरुको पाउ मूनि फुल छरेर स्वागत गरेका छन् । धम्म यात्रा संगै श्रामणेरहरुको प्रवज्या कार्यक्रम पनि सम्पन्न भएको छ ।

थाईल्याण्डको धम्मकाय फाउण्डेशनको सहयोगमा अल्पकालीन क्लपुत्र प्रबज्या कार्यक्रम अखिल नेपाल भिक्षु महासंघ, थाई भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोषसहितको सहआयोजनामा लुम्बिनीमा ५ सय जनालाई प्रवज्या गराइएको थियो । प्रव्रज्या ग्रहण गरेपछि उनीहरु अब श्रावणेर अर्थात् अल्पकालीन भिक्षु बनेका हुन् । श्रावणेर र भिक्षुले धम्म यात्रा गर्दा सर्वसाधारणमा धर्म चच्छु पलाउने, करुणा, मैंत्रीभाव उत्पन्न हुने हुँदा यसो गरिएको लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक भिक्षु श्रीवजिरले बताए । 

अल्पकालीन भिक्षुहरूले पहेलो चीवर लगाएर बुद्ध धर्मका १० वटा नियमहरू पालना गर्नुपर्नेछ । सामान्य अनुयायीहरूले पञ्चशील र अष्टशीलको पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले २० दिनसम्म पूर्ण रूपमा बौद्ध नियममा आफूलाई रूपान्तरण गर्नु पर्नेछ । भिक्षु बन्नका लागि भने २२७ वटा नियमहरू पालना गर्नुपर्नेछ । 

धम्मयात्रा शब्द ‘धम्म’ र ‘यात्रा’ मिलेर बनेको हो । ‘धम्म’ को अर्थ कुशल कर्म हो भने ‘यात्रा’ को अर्थ लाग्नु हो। धम्मयात्राको अर्थ कुशल कर्म तिर लाग्नु वा कुशल कर्म संगै प्रस्थान गर्नु हो।

बुद्ध धर्मका विभिन्न १० वटा शील पालना गरेर उनीहरु श्रावणेर बनेका हुन् । उनिहरुलाई पहेलो चिवर प्रदान गरिएको थियो । यसरी श्रावणेर बनेका व्यक्तिले शील पालना, ध्यानका साथै बुद्ध शिक्षा सम्बन्धी कक्षा लिएको भिक्षु श्रीवजीरले बताए । “प्रवज्या भनेको भगवान बुद्धले ज्ञान प्राप्त गर्नुभन्दा अगाडी उहाँले आफ्नो राजपाट र घर गृहस्थ त्याग गरेर सन्यासी हुनुभयो, त्यसैलाई हामीले प्रवज्या भन्छौं ।” श्रीवजिरले भने “प्रवज्या जिवनबाट नै भगवान बुद्धले आफ्नो ज्ञानको मार्ग सुरु गर्नुभएको थियो ।

नयाँ भिक्षुहरुलाई धार्मिक र आध्यात्मिक शिक्षा दिनका साथै समाजमा सहिष्णुता र समानताको मूल्य स्थापित गर्न र विशेष गरी युवा पुस्तालाई प्रोत्साहित गर्न भिक्षु प्रवज्या कार्यक्रम महत्वपूर्ण हुने गरेको छ  ।  

धम्मकाय फाउण्डेशनको आयोजनामा भएको धम्मयात्रालाई बौद्ध समाज नेपालले सहजीकरण गरेको थियो । भगवान गौतमबुद्ध फागु पूर्णिमाको दिन ज्ञानको प्राप्ती गरेकोले फागु पूर्णिमाको नजिक पर्ने गरि गत वर्ष देखि धम्म यात्रा गरिदै आएको छ । गौतमबुद्ध ज्ञान प्राप्ती पछि बुवालाई भेट्नको लागि फर्किदा अहिलेको भैरहवा क्षेत्र रहेको स्थानबाट नै फर्केको कारण भैरहवामा धम्म यात्रा गराईएको बौद्ध समाज नेपालका केन्द्रिय अध्यक्ष शंकर गाहाले बताए । 

यसरी प्रवज्या हुनेमा रुपन्देही, पाल्पा, कपिलवस्तु, नवलपरासी, दाङ्गको साथै म्यानमार, थाईलैण्ड, श्रीलंका, ईण्डोनेशिया लगायत रहेको बौद्ध समाज नेपालका वरिष्ठ उपाध्यक्ष हरिओम विश्वकर्माले बताए । उनले धम्म यात्राको क्रममा श्रामणेरहरु बुटवल, बुद्ध मावली देवदह लगायत क्षेत्रको पनि भ्रमण गर्नुभएको जानकारी दिए ।

लुम्बिनीमा सन् २०११ मा १ हजार जना, २०१५ मा १ हजार १ सय १२ जना, सन् २०१९ मा १ हजार १ सय १९ जना, सन् २०२३ मा ५ सय र सन् २०२४ मा १ हजार २ सय ५० जनालाई प्रव्रज्या गराइएको थियो भने यसवर्ष ५ सय जनालाई प्रव्रज्या गरिएको छ ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै