मुख्य समाचार
आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल | कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु | भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद | संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री | नवलपरासीमा ८० लाखभन्दा बढीका मोबाइलका सामान बरामद | नेपालबाट फर्सीको बीउ तस्करी, दुई भारतीय पक्राउ | संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएकोः लुम्बिनीका मुख्यमन्त्री आचार्य | संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए |

गणेशमानसिंह क्रिकेटमा लुम्बिनीको विजयी सुरुवात

Ujyalosandeshonline 12347+ समाचार ( )
५ वैशाख २०८१, बुधवार

काठमाडौं । वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा लुम्बिनी प्रदेशले मंगलबार विजयी सुरूवात गरेको   छ । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगितामा लुम्बिनीले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

गण्डकीले दिएको १३६ रनको लक्ष्य लुम्बिनीले १७.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा ग¥यो । लुम्बिनीका सुनिल भण्डारीले अविजित रहँदै सर्वाधिक ६० रन बनाए । ४६ बल खेलेका उनले ९ चौका प्रहार गरे । आकाश त्रिपाठी ४४ र कप्तान देव खनाल १८ रनमा आउट हुँदा कृष्ण कार्की ३ रनमा अविजित रहे ।

त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३५ रन बनायो । गण्डकीका अर्जुन कुमालले सर्वाधिक ३१ रन बनाए । १८ बल खेलेका उनले ५ चौका प्रहार । 

अमृत गुरुङ १३, ईश्वर क्षेत्री १२ र करण पंगेनी १२ रनमा आउट हुँदा कमल परियार १६ रनमा अविजित रहे । लुम्बिनीका नर सार्कीले सर्वाधिक ४ विकेट लिए । उनले ४ ओभरमा २२ रन खर्चिए। निर्मल गुरुङले २ विकेट लिँदा अभिषेक गौतमको नाममा १ विकेट रह्यो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार