मुख्य समाचार
कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत |

नेपालगञ्जमा थपियो तारे होटल

Ujyalosandeshonline 12450+ समाचार ( )
७ चैत्र २०८२, शनिबार

राँझा (बाँके) । पश्चिम नेपालको मुख्य व्यापारिक केन्द्र नेपालगञ्जमा करिब रु १५ करोडको लगानीमा तारे होटल कान्तिपुर प्लाजा सञ्चालनमा आएको छ । युवा उद्यमी ऋषिराम कँडेलको नेतृत्वमा निर्माण भएको यस होटलमा पाहुनाको आराम र सुविधालाई विशेष प्राथमिकता दिइएको छ । दुइतारे होटलमा कुल २७ वटा सुविधासम्पन्न कोठा रहेका छन् । विलासी अनुभव खोज्ने पाहुनाका लागि दुई वटा विशेष स्वीट रुमको व्यवस्था गरिएको सञ्चालक कँडेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार, होटलका सबै कोठामा वातानुकूलित र २४ सै घण्टा तातोपानीको सुविधा रहेको छ । पाहुनाको सहजताका लागि आठ जना क्षमताको अत्याधुनिक लिफ्ट र सवारी साधनको सुरक्षाका लागि भूमिगत पार्किङको व्यवस्था गरिएको छ ।“हामीले बास बस्ने सुविधा मात्र नभई व्यावसायिक कार्यक्रम र पारिवारिक उत्सवलाई पनि लक्षित गरेका छौँ”, उहाँले भन्नुभयो, “नेपालगञ्ज आउने व्यावसायिक प्रतिनिधि, आन्तरिक तथा बाह्य पर्यटक एवं विशिष्ट पाहुनालाई स्तरीय आतिथ्य प्रदान गर्ने हाम्रो मुख्य उद्देश्य हो ।”

परिवर्तित समयसँगै होटलले आफ्नो बुकिङ प्रणालीलाई पनि आधुनिक बनाएको छ । पाहुनाले ई–सेवा लगायतका विभिन्न डिजिटल प्लेटफर्मबाट सजिलै कोठा बुकिङ गर्न सक्ने व्यवस्था मिलाइएको छ । यसले गर्दा टाढाबाट आउने पर्यटकलाई झन्झटमुक्त यात्राको सुनिश्चितता प्रदान गर्नेछ । नेपालगञ्जको धम्बोझी चोकमा अवस्थित यस होटलले स्थानीय स्तरमा रोजगारीका नयाँ अवसर सिर्जना गरेको होटल व्यवसायी महासङ्घ बाँकेका अध्यक्ष भीमलाल कँडेलले बताउनुभयो । नेपालगञ्जलाई ट्रान्जिट बनाएर कर्णाली र सुदूरपश्चिमका पर्यटकीय स्थलमा जाने पर्यटकका लागि बाँके र विशेष गरी नेपालगञ्जको आर्थिक तथा पर्यटकीय गतिविधिमा यसले विशेष टेवा पु¥याउने उहाँको भनाइ छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार