मुख्य समाचार
यादवको परिवारलाई प्रदेश सरकारले घर बनाइदिने | कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण | माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य | महेन्द्र पार्क | वास्तविकता फरक हुन सक्छ, नआत्तिन प्रधानमन्त्रीको आग्रह | ‘प्रहरी नागरिकमैत्री सेवा प्रवाहमा कटिबद्ध छ’ | भरतपुर अस्पताललाई बिमामार्फत एक वर्षमा एक अर्ब प्राप्त | पर्यटकीय क्षेत्रलाई लक्षित गरेर सुविधा सम्पन्न होटल सञ्चालनका लागि लगानी गर्न मुख्यमन्त्री आचार्यको आग्रह | आयोगद्वारा एलपी ग्यास आपूर्तिलाई सहज बनाउ आग्रह | अभियन्ता पहाडी |

महिला हिंसा सह्य हुँदैन् : गृहमन्त्री

Ujyalosandeshonline 11967+ समाचार ( )
२० मंगशिर २०८१, बिहीबार

काठमाडौं । गृहमन्त्री रमेश लेखकले महिलामाथि हुने जुनसुकै प्रकृतिका हिंसा सह्य नहुने बताएका छन् । बिहीबार सिंहदरबारस्थित गृहमन्त्रालयमा ३३ औं अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिन अभियानका सन्दर्भमा यहाँ कार्यरत २६ वटा नागरिक संस्थाले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै महिला बिरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न प्रतिवद्ध रहेको बताए । 

वैदेशिक रोजगारीमा महिला सुरक्षाको विषयमा पनि आफू गम्भीर रहेको बताउँदै उहाँले आप्रवासी महिला कामदारलाई शोषण र दुव्र्यवहारबाट जोगाउन सरकारका संयन्त्रहरु क्रियाशिल रहेको उनले जानकारी दिए । ‘पछिल्लो समय सामाजिक सञ्जाल, डिजिटल मिडियाले महिलाहरु पनि प्रताडित छन् ।  लोकतन्त्रमा आलोचना, विरोध र धारणा राख्न पाइन्छ तर सभ्य र सुसंस्कृत ढंगबाट गर्नुपर्छ ।’

उनले डिभिटल मिडियामा आइरहेको घृणात्मक अभिव्यक्ति र हिंसा, दुव्र्यवहार नियन्त्रणका लागि पहल भइरहेको बताए ।

त्यसैगरी संविधानको भावना अनरुप समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गर्न बन्दै गरेको एकिकृत निर्वाचन विधयेक आगामी संघीय संसदमा पेश हुने गरी गृहमन्त्रालय अघि बढेको मन्त्री लेखकको भनाई थियो ।

जातीय आधारमा हुने विभेद, अपमान र सबैखाले हिंसा अन्त्य लगायतका १६ बुदें ध्यानाकर्षण पत्र बुझाउन कोपिला नेपाल, विश्वास नेपाल, जागृती महिला महासंघ लगायतका २६ वटा संस्थाका प्रतिनिधी आएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार