मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

आलोचना सहन नसकेर इगोका कारण सामाजिक सञ्जाल बन्द गरियो : मनिष झा

Ujyalosandeshonline 12548+ समाचार ( )
२१ भाद्र २०८२, शनिबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा प्रवक्ता मनिष झाले सामाजिक सन्जालमा भएको आलोचना सहन नसकेर इगोका आधारमा नेपालमा सूचिकृत नभएको भन्दै सामाजिक सन्जालमाथि प्रतिबन्ध लगाएको बताए ।

डिजिटल मिडिया फाउन्डेशनको आयोजना शनिवार ललितपुरमा भएको आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले  सर्वोच्च अदालतको फैसलाका आधारमा टेकेर सरकोले निर्णय गरेको भन्दै अदालतले बन्द गर नभनी नियमन गर मात्र भनेको र नियमन कानुन बनाएर गर्नुपर्ने बताए ।

उनले यसले राजनीतिक, सामाजिक, आर्थिक र अपराध अनुसन्धानसम्मको चरणमा नकारात्मक असर पर्ने भन्दै सरकार हामीले भनेको नमान्ने ? देखाइदिउँ भन्ने इगोमा पुगेर सामाजिक सन्जाल बन्द गरेको तर्क गरे । उनले यसमा सन्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको इगोका कारण सामाजिक सन्जाल बन्द गरिएको दाबी समेत गरे ।

सरकारले आपराधिक घटना देखाएर सामाजिक सन्जाल बन्द गराएको तर कानुनी बाटोबाट बन्द भएपनि भीपीएन चलाएर हुने अपराध नियन्त्रण झन् जटिल बन्ने बताए ।

पार्टी उपसभापती स्वर्णिम वाग्लेको डिपफेक भिडियो बनाएर भ्रम फैलाउने काम भएपछि प्रहरीको साइबर ब्यूरोमा उजुरी दिन जाँदा सामाजिक सन्जाल बन्द भयो भने यस्ता अपराधमा कसरी अनुसन्धान गर्छ भनेर प्रहरी अधिकारीसँग जिज्ञासा राख्दा अनुसन्धान थप जटिल बन्ने बताएको बताए ।

ब्युरोमा बुझ्दा दैनिक ५८ वटा साइबर क्राइम सम्बन्धी उजुरी पर्ने गरेको जानकारी दिए ।

‘अहिले त कुनै न कुनै रूपमा अनुसन्धान सम्भव छ । स्वर्णिम वाग्लेको डिपफेक भिडियोकै सवालमा पनि दुई जना पहिचान भइसक्यो। भिपिएनको प्रयोग गरेर यस्तो भयो भने त झन् जटिल हुने देखियो ।’

व्यक्तिले आफ्नो भावना अभिब्यक्त गर्न कुनै न कुनै माध्यम प्रयोग गर्ने र सो स्थान सामाजिक सन्जालले पूरा गरेको भन्दै भोलि सरकारको कामको असन्तुष्टि विरुद्ध सन्जालका प्रयोगकर्ता सडकमा प्रदर्शनमा आए सरकारलाई गार्हो पर्ने बताए ।

‘१० हजार मात्र प्रयोगकर्ता माइतीघरमा विरोध प्रदर्शन गर्न आए भने यो सरकारले ब्यवस्थापन गर्न सक्छ ?’ उनले प्रश्न गरे ।

सभामुख देवराज घिमिरेको प्रमुख आथित्यमा भएको राष्ट्रिय सम्मेलनमा आर्टिफिसियल इन्टेलिजेन्स क्षेत्रका बिज्ञ र जानकारसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सय बढि प्रतिनिधि सहभागी थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार