मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

छठ महापर्व: अस्ताउँदो सूर्यलाई अर्घ दिँदै आज सन्ध्या अर्घको विशेष महत्व

पशुपति यादव, रोहिणी 1+ समाचार ( )
१० कार्तिक २०८२, सोमबार

रोहिणी । हिन्दू धर्मावलम्बीहरूको आस्थाको महापर्व छठ, आज तेस्रो दिनमा प्रवेश गरेको छ, जुन सन्ध्या अर्घका लागि विशेष महत्वपूर्ण मानिन्छ। छठी माताका उपासकहरूका अनुसार, आजको दिन अस्ताउँदो सूर्यलाई अर्घ दिई विशेष पूजा अर्चना गर्ने चलन छ। वेदवेदान्तका जानकारहरू बताउँछन् कि भोलि सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ दिएर यो व्रत सम्पन्न गरिनेछ।

दीपावलीको छ दिनपछि धुमधामका साथ मनाइने छठ महापर्व चार दिनसम्म चल्छ। पहिलो दिन 'नहाए खाए', दोस्रो दिन 'खरना', तेस्रो दिन सन्ध्या अर्घ र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएर पूजा अर्चनासहित सम्पन्न गरिन्छ। यो पर्व भगवान सूर्यदेव र छठी माताप्रति समर्पित हुन्छ।

वैदिक पञ्चाङ्गमा उल्लेख भएअनुसार, यो पर्वमा छठी माता र सूर्यदेवको पूजा गर्ने गरिन्छ। शास्त्रका जानकारहरूका अनुसार, छठी माताको व्रत कठोर नियमपूर्वक ३६ घण्टासम्म राखिन्छ। यो पर्व हर्षोल्लासका साथ मनाउने चलन छ, खासगरी सन्तानहरूको सुखी जीवनको कामनासहित यो व्रत लिइन्छ। नेपालको तराई जिल्लाहरूमा विशेषरूपमा मनाइने यो पर्वमा श्रद्धालु भक्तहरू कुनै पवित्र नदी वा पोखरीभित्र पानीमा उभिएर वैदिक पञ्चाङ्गअनुसार अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई अर्घ दिई मनाउँछन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार