बीपी मेमोरियल कप :
नेक्सस रुपन्देहीले श्रीलंकालाई ९ विकेटले हरायो

Ujyalosandeshonline 11144+ समाचार ( )
३ कार्तिक २०८१, शनिबार

भैरहवा । भैरहवामा जारी बीपी मेमोरियल कप, टी२० क्रीकेट प्रतियोगिता २०२४ मा नेपालको प्रतिनिधित्व गरिरहेको नेक्सस रुपन्देहीले श्रीलंकाको श्रीलंका स्टेट सर्विसलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ । 

टस हारेरे ब्याटिङ्गको निम्तो पाएको पाहुना टोलीले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउदै ८६ रनको बनाएको थियो । श्रीलंकाका राज बीरा र समीरा परेराले समान १६÷१६ रन बनाए । यस्तै नानी वासुपल्लीले १५ रन र समन कुमाराले १४ रनको योगदान गरे । 

बलिङ्ग तर्फ नेक्सस नेपालका साहब आलमले ४ ओभरमा ९ रन खर्चिदै ३ विकेट लिए । यसै गरि दुर्गेश गुप्ता र दिनेश अधिकारीले समान २÷२ विकेट लिए । 

८७ रनको विजयी लक्ष्य सहित मैदान छिरेको नेपाली टोली ७ दशमलव ५ ओभरमै मात्र १ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । नेक्सस नेपालका शंकर रानाले ५३ रनको अर्धशतकीय पारी खेले । उनले २८ बलको सामना गर्दै ५ छक्का र ३ चौका प्रहार गरेका थिए । यैि गरि सुमित महर्जनले अविजित ३१ रन बनाए ।

बलिङ्गमा श्रीलंकाका समीरा परेराले मात्र एक विकेट लिन सकेका थिए । 

यस अघि भएको पहिलो खेलमा भारतले पनि पाकिस्तानको टिमलाई ९ विेकटले हराएको थियो । 

प्रतियोगितामा बांग्लादेशबाट गुलाज वरियर्स बांग्लादेश, टाइगर्स इन्टरनेशनल स्पोर्ट्स पाकिस्तान, नेक्सस रुपन्देही ११ रुपन्देही, लाइफ केयर क्रीकेट क्लब भारत, श्रीलंका स्टेट सर्विसेज क्रीकेट एसोसिएसनको टीम सहभागीता रहेको छ । 

बिजयी टिमलाई रु ५ लाख र उप बिजेता टिमलाई रु ३ लाख पुरस्कार रहेको छ । यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीलाइ ३५ हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरलाइ जनही २० हजार तथा प्रत्येक खेलमा म्यान अफ द म्याचलाइ ५ हजार प्रदान गरिनेछ । प्रतियोगिता कार्तिक १० गते सम्म चल्ने छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार