मुख्य समाचार
भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै |

रुपन्देहीमा 'अपरेशन डेल्टा': लागुऔषध सेवन गरी सवारी चलाउने १७ चालक पक्राउ

Ujyalosandeshonline 12456+ समाचार ( )
२६ वैशाख २०८३, शनिबार

भैरहवा । रुपन्देहीका विभिन्न सडकखण्डमा लागुऔषध सेवन गरी सवारी साधन चलाउने १७ जना चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नेतृत्वमा शनिबार सञ्चालित 'अपरेशन डेल्टा' अन्तर्गत सिद्धार्थ राजमार्ग र अन्य भित्री सडकहरूमा गरिएको आकस्मिक जाँचका क्रममा उनीहरू पक्राउ परेका हुन्। सार्वजनिक सवारीका चालकहरूले लागुऔषध सेवन गरेर सवारी चलाउँदा हुन सक्ने सम्भावित दुर्घटना र धनजनको क्षति न्यूनीकरण गर्न प्रहरीले यो विशेष अभियान चलाएको हो।

लागुऔषध नियन्त्रण ब्यूरो, जिल्ला ट्राफिक प्रहरी र लुम्बिनी प्रादेशिक प्रहरी अस्पतालको प्राविधिक टोलीले दिउँसो १६:०० देखि १८:०० बजेसम्म सञ्चालन गरेको यस अपरेशनमा १०० जना चालकको 'ड्रग किट' मार्फत पिसाब परीक्षण गरिएको थियो। परीक्षणका क्रममा १७ जना चालकको रिपोर्ट पोजेटिभ आएपछि उनीहरूलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कारवाहीका लागि जरुरी पक्राउ पुर्जी दिई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा रुपन्देहीका विभिन्न पालिकाका साथै कैलाली, अर्घाखाँची, दाङ, धादिङ, नवलपरासी र उदयपुर जिल्लाका चालकहरू रहेका छन्। प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी कृष्ण कुमार चन्दका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको छ। यात्रुवाहक सवारी साधनमा यसरी लागुऔषध सेवन गरेर चालक बस्नु गम्भीर लापरबाही भएको ठहर गर्दै प्रहरीले आगामी दिनमा पनि यस्ता आकस्मिक जाँचलाई निरन्तरता दिने संकेत दिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार